दुई दिनमै दुई ठाउँ सरुवाः गृहसचिवको विश्वासपात्र भएपछि भोलिपल्ट सीडिओ
काठमाडौं । गत मंगलबार मात्रै सरकारले ८५ जना सहसचिवको सरुवा गरेका थियो । त्यसको भोलिपल्टै सरकारले १६ जना प्रमुख जिल्ला अधिकारीको हेरफेर र सरुवा गरेको छ । रमाइलो के रहेको छ भने गृहमन्त्रालय ल्याइएका सहसचिवलाई भोलिपल्टै प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरिएको छ ।
गृहसचिव टेकनारायण पाण्डे पनि भूमि व्यवस्था मन्त्रालयबाटै गृहमा सरुवा भएका थिए । उनले भूमि व्यवस्था रहँदाका विश्वासपात्र ऋषिराज तिवारी र दीपककुमार पहाडीलाई प्रजिअ बनाएर पठाइएको छ । तिवारीलाई रुपन्देहीको सिडिओ बनाएर पठाइएको छ भने पहाडी रामेछापको प्रजिअ बने ।
प्रतिक्रिया
Facebook Comment