सिमानामा भारतीय सवारीसाधनको आवागमन सहज गरिने छ : प्रधानमन्त्री
![सिमानामा भारतीय सवारीसाधनको आवागमन सहज गरिने छ : प्रधानमन्त्री](https://www.dcnepal.com/wp-content/uploads/2021/03/deuba.jpg)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत सीमा नाकामा भारतीय सवारीसाधनको आवागमन छिटै सहज गरिने बताएका छन्। प्रधानमन्त्री देउवाले होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साको प्रतिनिधिमण्डलसँग सोमबार सिंहदरबारमा भएको भेटमा सो कुरा बताएका हुन्।
सङ्घका अध्यक्ष हरि पन्तको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भारतीय सवारीसाधनमा नेपाल तर्फबाट लगाएको रोक तत्काल खुला गर्नुपर्ने माग राखेको थियो। प्रधानमन्त्री देउवासमक्ष बुझाइएको ज्ञापनपत्रमा नेपाल–भारत सीमा नाकामा मालवाहक सवारीसाधन बाहेकका सवारीहरूको आवागमनमा रोक लगाइएका कारण भारतीय पर्यटकको आवागमन प्रभावित हुँदा होटल तथा पर्यटन व्यवसाय धराशयी भएको उल्लेख गरिएको छ।
बारा र पर्सा क्षेत्रमा सानाठूला गरी करिब दुई सय होटल सञ्चालनमा छन् । प्रधानमन्त्री देउवासँगको भेटपछि अध्यक्ष पन्तले भने, “हामीले सीमा क्षेत्रका होटल तथा पर्यटन व्यवसायीका सबै समस्या राख्यौँ । प्रधानमन्त्रीले हाम्रा मागप्रति सकारात्मक धारणा राख्नुभयो । उहाँले भारतीय सवारीसाधनलाई नेपालतर्फ खुलाउने काममा तत्कालै निर्णय लिने बताउनुभयो।” याे खबर आजकाे गाेरखापत्रले छापेकाे छ।
Facebook Comment