पुँजीगत खर्च गर्ने चुनौती छ : अर्थमन्त्री शर्मा
![पुँजीगत खर्च गर्ने चुनौती छ : अर्थमन्त्री शर्मा](https://www.dcnepal.com/wp-content/uploads/2021/09/Capture-21.jpg)
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको पुँजीगत खर्चको वर्तमान अवस्था सन्तोषजनक नरहेको बताएका छन्। त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागद्वारा मङ्गलबार राजधानीमा आयो जित ‘सरकारको पुँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी विषयक कार्यशाला गोष्ठी’मा उनले सो कुरा बताएका हुन्।
उनले बजेट विनियोजन गरेरमात्र विकास नहुने भएकाले पुँजीगत खर्च कसरी गर्ने भन्ने अर्को चुनौती पनि रहेकाे बताए। ‘सरकार बदलिँदा, मन्त्री बदलिँदा सरकारका रणनीति नै बदलिन्छ, योजना नै बदलिन्छ । त्यसकारण विकासमा समस्या आउने गरेकाे छ। यसलाई सुधार गर्न सक्नु नै अहिलेको प्रमुख चुनौती हो’, अर्थमन्त्री शर्माले भने, ‘अब मन्त्रालयले ठोस योजना बनाउनुपर्छ। जसलाई हामी निर्धारित समयमै पूरा गर्न सक्छौँ। सङ्घीय, प्रदेश र स्थानीय सरकारले कुन कुन स्तरको योजनामा हात हाल्ने हो, त्यसको पनि निक्र्योल हुनुपर्छ । त्यहीअनुसार बजेट विनियोजन हुन सके नेपालले चाँडै विकासमा प्रगति गर्न सक्छ।” याे खबर आजकाे गाेरखापत्रले छापेकाे छ।
Facebook Comment