प्रधानसेनापति शर्मा र राजदूत यान्छीबीच भेटघाट
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट गर्न बुधबार जंगी अड्डा पुगेकी छिन् ।
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास रोकिएको छ । कोरोना संक्रमणको जोखिमका कारण नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यासको मिति नतोकिएको दुवै पक्षले बताएका छन् ।
चिनियाँ राजदूत यान्छी र प्रधानसेनापति शर्माबीच नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास, सैनिक सहायतालगायत विषयमा छलफल भएको सैनिक स्रोतले बताएको छ ।
प्रतिक्रिया
Facebook Comment