राष्ट्रकविको जन्मजयन्तीमा कविता वाचन
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले उनका रचना वाचन गरिएको छ ।
प्रतिष्ठानका लोकवार्ता र बालसाहित्य विभाग प्रमुख देवी नेपालले राष्ट्रनिर्माण, गौरी, राजेश्वरी, धर्तीमाता (खण्डकाव्य), कालीगण्डकी, नवयुवक, वैशाख (कविता) र अश्वत्थामा तथा इन्द्रकुमारी (गीतिनाटक) वाचन गरे ।
प्रतिष्ठानकै योजना तथा कार्यक्रम महाशाखा प्रमुख लक्ष्मी गौतमले गौरी (खण्डकाव्य) वाचन गरेका थिए । उपकुलपति जगमान गुरुङ, सदस्यसचिव जगतप्रसाद उपाध्याय र साहित्यकार रमा शर्माले राष्ट्रकविका व्यक्तित्व तथा कृतित्वबारे चर्चा गरे । राष्ट्रकविको २०७७ साल भदौ ५ गते १०१ वर्षको उमेरमा निधन भएको थियो ।
प्रतिक्रिया
Facebook Comment