वसन्त चौधरीलाई ‘हृदयाघात’ भएको भन्ने समाचार पूर्ण रुपमा असत्य होः नर्भिक अस्पताल
काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष तथा उद्योगपति वसन्त चौधरीलाई ‘हृदयाघात’ भएको भन्ने समाचार पूर्णतः असत्य भएको अस्पतालले बताएको छ।
चौधरीलाई शुक्रबार हृदयघात भएको समाचार बाहिरिएको थियो । नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले एक विज्ञिप्ती जारी गर्दै चौधरीलाई ‘हृदयाघात’ भएको भन्ने समाचार पूर्णतः असत्य भएको बताएका छन् ।
‘‘नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको भन्ने आशयका समाचारहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यो समाचार ‘पूर्ण रुपमा’ सत्य नभएको जानकारी गराउँदछौं ।’’, विज्ञिप्तीमा भनिएको छ, ‘‘उहाँ निजी प्रयोजनका लागि दुबई जानुभएको र उहाँको स्वास्थ्य अवस्था गम्भीर नभएको जानकारी गराउँछौं । ’’
* यसअघी ‘उद्योगपति वसन्त चौधरीलाई हृदयघात’ शिर्षकमा राखिएको समाचार गल्ती हुन गएकोमा भूलसुधारसहित सच्याइएको छ । -सम्पादक
Facebook Comment