संस्मरण : ५६ वर्षअघि भाइलाई साइन्स पढाउन खोज्दा
भर्खर भर्खर पढ्ने पढाउने लहर पूर्वी पहाडको आठराइमा चलेको थियो। हुन त हामीअघिका मानिसहरुले पनि पढेका थिए तर पढ्नेहरुको संख्या खासै थिएन। तर हाम्रो परिवार शिक्षा हासिल गर्नुपर्छ भन्नेमा सचेत थियो।
गाउँमै विद्यालय र कलेज बनिसकेका थिए तर गाउँमा पढ्न नपाइने साइन्स विषय पढ्ने रहर मेरा भाइ शिवको थियो। उनको त्यो हुटहुटी पूरा गर्न पाए हुन्थ्यो भन्ने मेरो धोको थियो। यसका लागि काठमाडौं नै पुग्नु पर्ने थियो। हामीमा पढ्ने पढाउने हुटहुटी जगाउनुमा पुर्खाले शिक्षामा गरेको लगानी र प्रयासले महत्वपूर्ण भूमिका खेलेको थियो जस्तो लाग्छ मलाई।
नेपालको सुदूर पूर्वी पाहाडको प्राकृतिक सौन्दर्यको नमुनाको रुपमा बग्ने तमोर नदीमा पाँचथर र आठराईलाई जोड्न “सिटौलाको पुल” बनाइयो। यो पुलको जाहेरीले राणा शासक खुसी भएका रहेछन्। राणा शासक खुसी भएको मौका छोपेर स्कूल खोल्नुपर्ने थियो गाउँमा। सिटौलाको पुलसँग जोडिएको स्कूलको त्यो इतिहासको प्रसंग मैले यहाँ जोड्न खोजेको हुँ।
पाँचथरको भारपा र आठराईको चुहानडाँडा बोखिममा विक्रम सम्वत १९८९ सालमा हाम्रा सिटौला वंशावलीका आठौँ पुस्ताका प्रातस्मरणीय पूज्य ब्रम्हलाल सिटौलाको नेतृत्वमा निजी खर्चमा सिटौलाहरुले पुल निर्माण गरेका थिए। यो ब्यहोरा त्यसबेलाको नेपाल सरकारमा जाहेर गर्ने क्रममा पुल निर्माण गरे बापत एउटा भाषा पाठशाला स्थापना गर्ने सरकारी स्विकृत पाऊँ भनी ब्रम्हलालका नाति वैदार गंगाप्रसाद सिटौलाले विन्ती जाहेर गरे।
शासकले गरिदिनुपर्ने पुल बनाउनु पर्ने काम सिटौलाहरुले गरिदिए भन्ने पनि लाग्यो होला राणाजीलाई। जनतालाई पढाउन स्थायी स्कुल सन्चालन गर्न दिने सरकारको नीति त छैन तर पुल हालेर राम्रो काम गरेछौ भनी तत्कालीन राणा सरकारबाट एउटा भाषा पाठशाला स्थापना गर्ने स्वीकृति प्राप्त हुन पुग्यो।
पूर्वी पहाडको तेह्रथुमबाट राजधानीमा राणाजीका दरबारमा जाहेरी पुर्याउनै मुस्किल थियो त्यसमाथि के हो के हो? सनकका भरमा साजय पो सुनाउने हुन् कि भन्ने त्रास पनि कम हुन्नथ्यो त्यो बेलाको राणाजीको शासनको इतिहास पढ्दा।
सौभाग्यले भनौं स्कूल खोल्ने स्वीकृति प्राप्त भयो। र, विंसं १९९२ सालमा आठराई मुलपानीमा एउटा संस्कृत भाषा पाठशालाको स्थापना भयो। यो नै सो क्षेत्रको पहिलो स्कूल थियो, आठराईमा बिधिवत रुपमा शिक्षाको ज्योति स्वरुप एउटा सानो दियो जलाइएको थियो।
कलेज सञ्चालनको लागि सरकारबाट स्वीकृति आएको हुँदा र कलेज सन्चालनका निमित्त कमसे कम ५ जना विद्यार्थी हुनै पर्ने बाध्यताले गर्दा उनीहरु सबैलाई बिराटनगरबाटै चुहानडाँडा फर्काइएछ।
यसै भाषा पाठशालाबाट सामान्य शिक्षा लिएका केही छात्रहरुले पछि काठमाण्डू गएर अध्ययन गरेका थिए। तिनैमध्ये हरिचरण सिटौला र धरणिधर न्यौपाने गाउँ फर्किएर २००२ सालमा तल्लो चुहानडाँडामा एउटा आफ्नै सानो घरमा साउँ अक्षर चिनाउने भनी नाम बिनाकै हिँउदे स्कूल सन्चालन गरी त्यसैलाई प्राइमरी स्कुलको रुपमा बिकसित गर्ने प्रयास भयो।
धरणिधर न्यौपानेले सो स्कुलमा पढ़ाउन शुरु गर्नु भयो। एकजना विद्यार्थीबाट महिनाको एक पाथी चामल र एक रुपैयाँ पैसा गुरुको तलब तोकिएको थियो ।
यसरी चल्दै गरेको हिउँदे स्कुल २००७ सालको जनक्रान्तिपछि लगत्तै २००८ सालमा नै “श्री शारदा मिडिल स्कुल” का नामबाट माथिल्लो चुहानडाँडा लाम्चेमा शुरु भएको थियो। यसले सरकारी स्वीकृति पाई २०११ सालमा हाईस्कुल नै बन्न पुग्यो र कक्षा १० सम्मको पढाइ सन्चालन भयो।
शारदा मिडिल स्कुलका संस्थापक हेडमाष्टर प. धरणिधर न्यौपाने हुनुहुन्थ्यो भने हाई स्कुल भएपछि कुलप्रसाद राई हेडमाष्टर हुनु भएको थियो। दुबैजना जिवितै हुनुहुन्छ।
आठराईमा २०१६ सालसम्ममा चुहानडाँडामा शारदा हाई स्कुल ,मुलपानी ( संक्रान्ति )मा त्री–मोहन हाई स्कुल , पोखरीमा पोखरी हाई स्कुल र हाङपाङ्गमा सरस्वती हाई स्कुल गरी ४ वटा हाई स्कुलहरु राम्रैसँग सन्चालन भएका हुँदा एसएलसी पास गरेपछि उच्च शिक्षाको लागि कलेज थिएन।
त्यसैले स्थानीय शिक्षाप्रेमीहरुले चुहानडाँडामा श्री वीरेन्द्र ईन्टर कलेजको स्थापनाका लागि कारबाही चलाएका थिए। २०१६ सालको एसएलसी परीक्षामा शारदा हाई स्कुलबाट पास गरेका छात्रहरु मध्ये हरिप्रसाद सिटौला, लक्ष्मीप्रसाद सिटौला, तुलसीप्रसाद उप्रेती र मोहन सिटौला पाए आइएस्सी नपाए आई ए पढ्ने भनेर चुहानडाँडाबाट काठमाण्डू हिँडेका थिए।
यसैबीचमा कलेज सञ्चालनको लागि सरकारबाट स्वीकृति आएको हुँदा र कलेज सन्चालनका निमित्त कमसे कम ५ जना विद्यार्थी हुनै पर्ने बाध्यताले गर्दा उनीहरु सबैलाई बिराटनगरबाटै चुहानडाँडा फर्काइएछ।
फर्किएर कलेजमा भर्ना भई अध्ययन गरी आई ए पास गरेपछि मोहन सिटौला बीए पढ्न काठमाण्डू गए। बीए अध्ययन समाप्त गरी फाइनल जाँच दिएर उनी फेरि पहाड घर फर्किए। उनले केही समय गाउंको स्कूलमा पढाए। २०२२ सालमा पुनः काठमाण्डू गएर अंग्रेजÞी साहित्यमा एम ए अध्ययन गर्न शुरु गरेका थिए।
भाइ इन्द्र २०२० सालमा एसएलसी पास गरेर साइन्स पढ्न काठमाण्डू गइसकेका थिए। दिदी डिल्लीमायाँ , भाइ शिव र मैले २०२१ सालमा एसएलसी पास गरी २२ सालमा वीरेन्द्र इन्टर कलेजमै आईए अध्यन गर्न शुरु गरेका थियौं।
विज्ञानको महत्व बुझेका तर आफुले अध्ययन गर्न नपाएको पीडामा मलम पट्टि गर्ने सोच राखी दाजु मोहनले भाइ शिवलाई आइएस्सी पढ्न काठमांडू बोलाउनु भयो । दाजुले त बोलाउनु भयो तर बुवाले सहमति दिने कुरै थिएन।
हाम्रा हजुर बुवा द्रोणचार्यका चार भाइ छोरा वेदचार, हरिचरण, रघुनाथ र भोलानाथ हुन्। भाइ इन्द्र जेठा बुवाको,दाजु मोहन र भाइ शिव माहिला बुवाको म साँहिला भाइको छोरो र दिदी काकाकी छोरी हामी ४ जनाको उमेर क्रमशः १८, ९, ६ र ५ महिनाको फरक भएको हुँदा हामी दामले जस्तै जस्तै नै थियौँ।
हुन त अरु पनि हामी धेरै दाजुभाइ र दिदीबहिनीहरु सबै संयुक्त परिवारमा हुर्किएका हुँदा सबै नै अपनत्वको बन्धनले बलियैसँग बाँधिएका थियौँ र अझै पनि छौँ। भाइ शिव र म ५/६ बर्षको उमेरदेखि एउटै करङ्गेमा सुतेर एउटै सिरक ओडेर हुर्किएका हुँदा हामी दुईमा बिशेष आत्मियता हुन्थ्यो जसलाई परिस्थितिले आज धेरै टाडा बनाए पनि हामी बीचको सम्बन्धलाई सम्भब भएसम्म नजिकै पारि नै रहेका छौँ।
भाइ शिव र म बीच बच्चैदेखिको आत्मीय सम्बन्धमा आजसम्म पनि कुनै प्रकारको आँच नआएर उस्तै घनिष्ठ सम्बन्ध कायम हुनुमा एउटै कारण के हो भने भाइ शिव र म अँशियार दाजुभाइ चाहिँ परेनौ। यसको मतलव अंशियार दाजुभाइ बीच झगडा नै हुन्छ भन्ने पनि होइन। तर यति चाहिँ सत्य हो कि सम्पतिदेखि टाढाको आत्मियता विशेष प्रगाढ रहिरहँदो रहेछ।
बुवाको सहमति लिएर काठमाण्डू जाने त कल्पना नै भएन तर भाइ शिवको साइन्स पढ्ने तीव्र इच्छाले गर्दा मैले केही गर्नै पर्छ भन्ने लाग्यो मलाई र दुई भाइले सल्लाह गर्यौँ। म भरखरै कलेज भर्ना भएको थिएँ। भर्नापछि म सँग ४० रुपैयाँ बचेको थियो तर त्यति रुपियाँले नपुग्ने हुँदा संक्रान्ति बजारका ब्यापारी हाम्रा भतिजी ज्वाइ प्रजापति शेँढाईसँग मेरो यसो सर सापट चल्ने हुँदा उनीबाट रकम सापट पाइएमा भाइ शिवलाई बिराटनगरसम्म पुर्याउन भनी एकाबिहानै घरबाट सुटुक्क हिँड्यौ र संक्रान्ति बजार पुगेर मैले ज्वाइसँग १०० रुपैयाँ सापट मागेँ।
उनले ५० रुपियाँमात्र दिन सक्ने भए । ४० रुपियाँ त मसँग थियो। भाइ एक्लै जान पनि नसक्ने हुँदा मैले पुर्याउनै पर्ने र मलाई फर्कन पनि खर्च चाहिने अवस्था थियो। जसो त होला भनेर हामी बिहान ७ बजेतिर संक्रान्तिबाट धनकुटाको बाटो भएर जान कोयाखोलातर्फ लाग्यौँ। कोयाखोला बतासे डाँडा खोरुङ्गा खोला हलिमेलाको उकालो हुँदै जिरिखिम्ती, काँडे, लसुने, बसन्तपुर हुँदै चित्रेमा पुगेर एउटा गोठमा बास बस्यौँ।
रमाइलो कुरा हामीमात्र जिउ लिएर हिँडेका थियौँ। हामी बास बसेको ठाउँमा अर्को एकजना यात्रु पनि बास बस्न आइपुगे। बस्ने ठाउँ अलि साँगुरो भएको हुँदा योभन्दा अगाडि सिँधुवामा अलि राम्रो बास पाइन्छ बाटो पनि काटिन्छ मसँग तीन जनालाई पुग्ने ओड्ने पनि छ जाऊँ भने पछि हामी बास बसिसकेका भए पनि हिँड्यौँ। जुनेली रात भएको हुँदा हिँड्न त्यति गाह्रो चाहिँभएन।
१ घण्टा जतिमा सिँधुवा भन्ने ठाउँमा पुगियो। पुग्न त पुगियो तर बास बस्ने ठाउँ भने उस्तै उस्तै खासै फरक परेन। पर अघिका ठाउँमा यसो सुत्ता आङ्ग ढाक्ने ओड्नेसम्म त पाइएको थियो यहाँ सुत्ने ठाउँ त अलि फराक तर न ओड्ने न बिछाउने।
मसँग ओड्ने छ भन्ने साथी त कुन घरमा पस्यो पस्यो पत्तै भएन। उसलाई अघि चित्रेबाट यहाँसम्म आउन साथी चाहिएको रहेछ र हामीलाई ओड्नेको आश देखाएर साथी बनाएर यहाँसम्म आइपुग्यो। आफ्नो मतलब पुरा गरे पछि हामीलाई छोड्यो। सानै भए पनि मानिसको स्वार्थी स्वभावको एउटा उदाहरणसहितको व्यवहारिक ज्ञान यही मिलेको थियो हामी पढ्न हिँडेका ठिटाहरुलाई।
चकटीमा सुतेर चिसो बरसादी ओडेर के निन्द्रा लाग्थ्यो र? तर धन्न दिनमा मस्तै हिँडेका हुँदा आँखालाई निधाउनै पर्ने बाध्यता भने थियो। जे होस समय आफ्नो रफ्तारमा चलिनै रहन्छ । रात बित्नु थियो बित्यो। हामीलाई बिहान ब्युँझनु पर्ने थिएन भुइँमा उज्यालो खस्ना साथै बाटो लागि हाल्यौँ। मुढे हुँदै हिलेमा आइपुगेर चिया बिस्कुट खाइयो। चिया कपको दुई आना र बिस्कुट एक प्याकेटको ४ आना थियो।
मुढे हुँदै हिलेमा आइपुगेर चिया बिस्कुट खाइयो। चिया कपको दुई आना र बिस्कुट एक प्याकेटको ४ आना थियो। धनकुटामा कृष्ण होटल नामको एउटै मात्र होटल भएजस्तो लाग्छ। बिहान त्यहीँ खाना खायौँ । दाल भात तरकारी अचारको तीन सुका (७५पैसा) मासु खाए २५ पैसाको १ प्लेट। अहिलेका लाई सुन्दा पत्याउन हम्मे हम्मे नै पर्छ। तर त्यो पनि त्यसबेला महँगै जस्तो लाग्थ्यो।
धनकुटामा कृष्ण होटल नामको एउटै मात्र होटल भएजस्तो लाग्छ। बिहान त्यहीँ खाना खायौँ । दाल भात तरकारी अचारको तीन सुका (७५पैसा) मासु खाए २५ पैसाको १ प्लेट। अहिलेका लाई सुन्दा पत्याउन हम्मे हम्मे नै पर्छ। तर त्यो पनि त्यसबेला महँगै जस्तो लाग्थ्यो। ९ बजेतिर धनकुटाबाट धरानतिर झरियो।
बाटामा कुनै समस्या परेन रमाइलैसँग धरान पुगियो। आराथुन नाम भएका बस जस्तो लाग्छ १ रुपैयाँ बिराटनगर सम्मको भाड़ा लिँदो रहेछ। बेलुका भतिज मोहनका डेरामा पुग्यौँ। उनी बिराटनगरमा बीए पहिलो बर्ष पढ्दै थिए। उनले पनि १९ सालमा शारदा हाई स्कुलबाटै एसएलसी पास गरी वीरेन्द्र ईन्टर कलेजबाटै आईए पास गरेका हुन्।
उनैको डेरामा बसेर दाजु मोहन काठमाडौंबाट भाइ शिवलाई लिन बिराटनगर आउलान् भनेर दिन गन्न थालियो। डेराबाट एयरपोर्ट नजिकै थियो। जाहाज आउने बेलामा हामी एयरपोर्ट जान्थ्यौ र निराश भएर फर्कन्थ्यौ। ५/६ दिन यो क्रम चल्यो। न दाजु आउनु भयो न सम्पर्क नै गर्न सकियो। खान र बस्न त भतिजको डेरामा पाइन्थ्यो तर कहिलेसम्म?
साथमा भएको पैसा दिनभरि बजार घुम्दा लड्डु जेरी पेड़ा, समोसा, मासु, चिउरा, चिया चमेना खाँदै सकिएको पत्तै भएन। अब फिर्नै पर्ने भयो। तर साथमा पैसै छैन। कसरी होस पुरयाइएन पुर्यााइएन। भतिजलाई पनि फसाद! आफू विद्यार्थी मान्छे! काकाहरुलाई कतिदिन पाल्न सक्ने ! समस्या पो भयो त।
अन्तमा भतिज मोहनसँग २० रुपियाँ लिएर भारी मनले हामी बिराटनगरबाट फर्कियौँ। मैले त फर्किनु नै थियो तर भाइलाई पनि लिएरै फर्कनु पर्दा पीडाबोध त हुने नै भयो। भाइलाई त झन बढी दुःख लाग्ने नै भयो। भदौ महिनाको २ गते जस्तो लाग्छ, हामी धरानबाट दिउँसो ११ बजे लाग्यौँ साँगुरी भन्ज्याङ्गतिर। साथमा अब जम्मा पाँच रुपियाँ बाँकी छ । तीन दिन हिँडेर घर पुग्नु छ।
२० /२१ बर्ष उमेरका पाहाडमा उकालो ओरालो गरेका पाहाडे ठिटा एक घण्टामा (१२ बजे ) साँगुरी भन्ज्याङ्ग, १बजे लेउती खोलाको बगरमा ! तर लेउती खोलाको शिरमा ठूलो पानी परेको हुँदा खोलामा बाढी आएर खोलो त तर्नै नसकिने भएको रहेछ। एक घण्टा कुरेपछि बल्ल बाढी केही घट्यो तर पनि हामीले खोला तर्ने हिम्मत गर्न सकेका थिएनौँ।
यस्तैमा एकजना घोड़ा डोहोर्याउँदै घोडाको साहारामा खोला तर्न लागे। करेली समाएर घोड़ासँगै जाँदै थिए चिप्लिएर लड्दा समाएको करेली खुस्कियो। मानिस एकातिर घोड़ा अर्कोतिर बाढीमा बग्न थाले धन्न कसो कसो गरेर दुवै खोला पारी पुगे। यो देखेर हामीले झनै खोला तर्ने हिम्मत नै गर्न सकेनौं। अरु आधाघण्टा पर्खेपछि एकजना मानिसले १/१ रुपैयाँ लिएर खोला तारिदिने भयो। बाढी पनि केही घट्तै गएको हुँदा हामीलाई त्यो मानिसको सहारामा खोला तर्ने हिम्मत आयो।
खोलो तारिदिने मानिस अगाडि लागे उसको हात भाइले समाए, भाइको हात मैले समाएर खोलामा हेलियौं। खुट्टा नउचाली पानी भित्र भित्रै खुट्टा सार्नु पानीमा नहेर्नु, पारि जंगल हेर्नु, हात दरो गरी समाउनु भनेर हामीलाई अराउँदै लाँदै थियो त्यो मानिसले। तर के को उसले सिकाएजस्तो भयो र आँखाले पानीमा मात्रै हेरिने। पानीमा हेर्ने बित्तिकै हामी तीनैजना उँभोतिर सललै बगेर पो गइयो। ए भाइ! कहाँ उँभो पो बहियो त नजानजा भनेर मैले भाइलाई तान्न थाले तीनै जना झण्डै लडियो। मेरो हात भाइको हातबाट खुस्किनै सकेको थियो।
खोलो तारिदिने मानिस अगाडि लागे उसको हात भाइले समाए, भाइको हात मैले समाएर खोलामा हेलियौं। खुट्टा नउचाली पानी भित्र भित्रै खुट्टा सार्नु पानीमा नहेर्नु, पारि जंगल हेर्नु, हात दरो गरी समाउनु भनेर हामीलाई अराउँदै लाँदै थियो त्यो मानिसले। तर के को उसले सिकाएजस्तो भयो र आँखाले पानीमा मात्रै हेरिने।
पानीमा हेर्ने बित्तिकै हामी तीनैजना उँभोतिर सललै बगेर पो गइयो। ए भाइ! कहाँ उँभो पो बहियो त नजानजा भनेर मैले भाइलाई तान्न थाले तीनै जना झण्डै लडियो। मेरो हात भाइको हातबाट खुस्किनै सकेको थियो। खुस्केको चै भए आज यो सँझना लेख्नै पाइने थिएन। लेउती खोलाको बाढीले बगाएको ५६ बर्ष भइसकेको हुने थियो।
खोलो तर्न सकिएन बल्ल तल्ल वारि नै फर्कियौं। आधाघण्टा पर्खिएर फेरि उही मानिसले बल्ल बल्ल खोलो तारिदिए। खोलो तर्यौँ तर फेरि अर्को समस्या आइपर्यो। खोला पारि त पुगियो तर भिरको चै वारि। अब भिर पार गर्ने कसरी? आपत्माथि फÞसाद ! भिरबाट कथँ खसियो चैँ भने खोलामा नै पर्ने। तावाबाट उफ्रेको माछा भुङ्ग्रोमा ! परेन फसाद!
तर दिन बलियै रहेछ भन्नु पर्याे भिरका बुट्यानको सहयोग लिएर भिर पार गर्यौं। तीन बजिसकेको थियो धनकुटा नपुगी त उपायै थिएन। हिँडेर नभ्याइने हुनाले म्याराथुन दौड। ६ बजे धनकुटा पुगेर फेरि उही कृष्ण होटलमा बसियो। सादा खानाको ३ सुका सुतेको खाटको १ सुका। हामीसँग ३ रुपैयाँ बाँकी छ।
एउटा कोठामा २ वटा खाटमा ओछ्यान लगाएका हुँदा हामीले एउटै मात्र खाटका लागि १ सुका र खानाको ६ सुका गरी ७ सुका पैसा तिरेर पछि कोठामा सुत्न जाँदा त एउटा खाटको ओड्ने ओछ्याउने त साहुले अघि उठाएर लगेछन्। खाटमा एजनामात्र सुत्न सकिन्छ। परेन फसाद! खाट जोडौँ न त भनेको फिक्स गरिएका सार्नै नसकिने खाट रहेछन्।
एउटै खाटमा कोल्टो परेर दुबैजना सुत्यौं । रात त बित्ने नै हो बित्यो। होटेलबालाको दयाको सानो नमुना! बिचरा केटाहरुसँग पैसा थिएन होला भनेर सुत्न दिएको भए उनलाई ठूलै नोक्सान परिहाल्ने त थिए न नि। तर के गर्नु उसको व्यापार हो। हुन त हामीले सिधै भनेको भए दया लागेर सायद लुगा लाने थिएन कि? हामीले उसलाई उल्लु बनाउन खोजेको भन्ठानेर उसले खाटको लुगा लगेको हुनुपर्छ।
भोलि बिहानै हिँड्यौ र हिलेमा पुगेर एक एक कप चिया पियौँ र १२ बजे बसन्तपुरमा पुगेर बाँकी रहेका पैसाले च्युरा र दही खाएर लसुने काँडे जिरिखिम्ती हलिमेला हुँदै खोरुङ्गा खोला तरेर बेलुका ओयाकजुङ्ग पुग्ने भनी टाप कस्यौं। बेलुका घाम अस्ताउन लाग्दा ओयाकजुङ्गमा ढकाल बन्धुका जÞोर घरमा पुगेर एक एक घरमा मैजाराको मासुभात खान पायौँ र मस्त निदायौँ।
भोलि बिहानै हिँडेर मुलपानी सिरुवानिमा जेठा दाजुका घरमा पुगी खाना खाएर वेलुका चुहानडाँडा घरमा पुग्यौं। यसरी दाजुको भाइलाई साइन्स पढाउने ईच्छा र भाइको साइन्स पढ्ने धोको पुरा हुन सकेन। तर पनि भाइ शिवले वीएल/वी एड र अर्थशास्त्रमा स्नातकोत्तर गरेर आफ्नो पढ्ने धोको चाहिँ पूरा गरेँ।
Facebook Comment