निस्वार्थ भावका साथ नयाँ पार्टीले काम गर्छः अध्यक्ष नेपाल

डिसी नेपाल
९ असोज २०७८ १८:४२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा कुशल शासन व्यवस्था कायम गर्न नयाँ पार्टी खोलेको बताएका छन् ।

एकीकृत समाजवादी पार्टीको शपथग्रहण तथा मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलाको आज हेटौँडामा सम्बोधन गर्दै उनले देश र जनताको पक्षमा निस्वार्थ एवं पवित्र भावनाका साथ गठन भएको नयाँ पार्टीले काम गर्ने प्रतिबद्दता व्यक्त गरे ।

नयाँ पार्टी गफ दिएर होइन काम गरेर जनताको मन जित्ने असल बन्ने अध्यक्ष नेपालले विश्वास व्यक्त गरेका छन् । देशका सातै प्रदेशमा आफ्नो पार्टीको प्रभुत्व बढ्दै गएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उनले केही दिनभित्र बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वको सरकार गठन हुने दाबीसमेत गरे ।

सासंद एवं सो पार्टीका केन्द्रीय सदस्य विरोध खतिवडाले केपी ओलीका कारण पार्टी फुटेको आरोप लगाउँदै विस्तारै त्यहाँका नेता तथा कार्यकर्तासमेत आफ्नो पार्टीमा आउने विचार व्यक्त गरे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *