ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

सिरहा । सिरहास्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत गोलबजार नगरपालिका ३ गागनखोला नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ गईरहेको ना६ख १३१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको स७प ९१८५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी कञ्जनरुप नगरपालिका ७ का ३० वर्षीय अभिषेक कटुवाल र २७* वर्षीय अच्युत लुइँटेल गम्भीर घाइते भएका थिए ।
घाइते लुइँटेलको उपचारको क्रममा लहानमा र कटुवालको विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया
Facebook Comment