प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

डिसी नेपाल
१० असोज २०७८ १९:२२

काठमाडौं। लुम्बिनी प्रदेशसभामा दर्ता भएको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सच्याउन प्रेस काउन्सिल नेपालले अनुरोध गरेको छ ।

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले भेटी सो विधेयकमा प्रस्तावित प्रावधानप्रति असहमति जनाउँदै सच्याउन आग्रह गरे ।

त्यस अवसरमा मुख्यमन्त्री केसीले प्रदेश सरकारले बनाउने कानून संविधान र सङ्घीय कानूनसँग बाझिने गरी आएमा स्वतः खारेज हुने भएकाले सङ्घीय सरकारलाइ पनि कानून निर्माणमा सहजीकरण गर्न आग्रह गरे । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभामा दर्ता गरेको सो विधेयकमा सञ्चारमाध्यम प्रकाशनरप्रसारणमा रोक लगाउने, आचारसंहिता उल्लङ्घनमा कारबाही गर्नेजस्ता प्रावधानप्रति काउन्सिलले असहमति जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *