३५ जना सङ्क्रमित, एक जना मृत्यु
काठमाडौं। सुदूरपश्चिम प्रदेशमा ३५ जना कोरोना सङ्क्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार १४ जनाको कोरोना परीक्षण गरिएको थियो ।
सेती प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका क्रममा २२ तथा एन्टिजेन विधिमार्फत परीक्षण गर्दा कञ्चनपुरमा ११ र दार्चुलामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा प्रदेशभर ३९ जना कोरोनाबाट मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ८४ वर्षीय पुरुष छन् । बुधबार सुदूरपश्चिममा ३३ सङ्क्रमित थपिएका थिए भने १७ जना निको भए ।
प्रतिक्रिया
Facebook Comment