कैलालीमा एकै दिन सात प्रतिवादी पक्राउ
काठमाडौं । कैलाली प्रहरीले एकै दिन विभिन्न मुद्दाका सातजना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। बलात्कार, लागुऔषध, वन मुद्दाका फरार प्रतिवादीलाई आइतबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरहेको हो।
पक्राउ पर्नेमा कैलारी गाउँपालिका–१ का विनोद चौधरी छन्। कैलाली जिल्ला अदालतले चौधरीविरुद्ध बलात्कार मुद्दामा तीन वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकेको थियो। चौधरी २० भदौ २०७५ देखि फरार थिए। पक्राउ पर्ने अर्का बर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय अशोक चौधरी छन्।
उनीविरुद्ध पनि कैलाली जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला सुनाएको थियो । चौधरी २१ असार २०७२ देखि फरार थिए । यस्तै आगुऔषध मुद्दामा जिल्ला अदालतबाट ५०० रुपैयाँ जरिमानाको फैसला सुनाइएका धनगढी उप–महानगरपालिका–१ का शत्रुजित जोशीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी १२ बैशाख २०६६ देखि फरार थिए।
पक्राउ परेका सबैलाई प्रहरीले जिल्ला अदालतमा पेस गरेको प्रहरी नाउव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । अन्य पक्राउ पर्नेमा वन मुद्दाका फरार प्रतिवादीहरू धनगढी उप–महानगरपालिका १७ का १८ वर्षीय अमन चौधरी, २९ वर्षीय कृष्ण राना, १८ वर्षीय अभिषेक चौधरी र ३० वर्षीय बब्लु राना छन्।
उनीहरूले गत ८ साउनमा गौरीगंगा नगरपालिका–६ मा बिना इजाजत वन पैदावार ओसार पसार गरेको अभियोगमा डिभिजन वन कार्यालय कैलालीले मुद्दा दायर गरेको थियो । उनीहरू सबैलाई प्रहरीले आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाएको छ।
Facebook Comment