बेनी अस्पतालका स्वास्थ्यकर्मीलाई तीन महिनादेखि तलब नदिएपछि …

काठमाडौं । बेनी अस्पतालका कर्मचारीहरुले तीन महिनादेखि तलब नदिएपछि आकस्मिक बाहेकको सेवा बन्ध भएको छ ।
अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आन्दोलन गरेपछि स्पतालको आकस्मिक बाहेकको सेवा बुधबारदेखि ठप्प भएको हो । उनीहरुले बहिरंग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका हुन् ।
अस्पतालले तलब नदिएपछि औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।
प्रतिक्रिया
Facebook Comment