लुम्बिनीमा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट (पूर्णपाठ)
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको बहिस्कारका बीच लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभा बैठकमा नयाँ बजेट प्रस्तुत गरेका हुन् । चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख छ। स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ अर्थात ११.८२ प्रतिशत विनियोजन गरिएको छ । बजेटले कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया
Facebook Comment