गोली प्रहार गरी आठ लाख नगद लुटियो

काठमाडौं।कपिलवस्तुमा गोली प्रहार गरी आठ लाख रुपैयाँ लुटिएको छ ।
बुद्धभूमि नगरपालिका १० स्थित गोरुसिंगे जंगलमा बिहीबार दिउँसो ३ बजे मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेर आठ लाख नगद लुटेको प्रहरीले जनाएका छन् ।
मायादेवी ४ चाकरचौडाका रामरक्षा जयसवाल सवार कारमाथि गोली प्रहारबाट प्र-३-०१-२३च ८०८९ नम्बरको कारमा सामान्य क्षति पुगेको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।
प्रतिक्रिया
Facebook Comment