सन्धिखर्क बजारमा चरम बेतिथी : बोतलमा पेट्रोल बिक्री, किराना पसलमा मदिरा

डिसी नेपाल
२३ असोज २०७८ ९:४८

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले दशैँको पूर्वसन्ध्यामा गरेको बजार अनुगमनमा बजारमा निकै बेतिथी देखिएको छ। नगरभित्रका हरेक वडाका गाउँगाउँमा गरिएको अनुगमनको क्रममा मापदण्ड विपिरत संचालित धेरै पसलहरू भेटिएका छन्।

अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता नै नभएको पाइएको सन्धिखर्क नगरपालिकाका अनुगमन अधिकृत जीवनारायण आचार्यले जानकारी दिए। खुद्रा पसलहरूमा पेट्रोल मात्रै हैन बिनाइजाजत मदिरा पनि राखेको पाइयो’, आचार्यले भने, ‘दर्ता बिना सुर्तिजन्य पदार्थको बिक्री पनि व्यापक भेटियो।

सम्झाइबुझाई गरी प्रकृयामा जान निर्देशन दिइएको छ ।’ अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्रीहरु धेरै भेटिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा कृष्णप्रसाद आचार्यले बताए । म्याद नाघेका र सडेगलेका सामग्रीहरू जफत गरिएको उनले जानकारी दिए। नगरपालिकामा करिब २०० पसलमा नगरपालिकाले अनुगमन गरेको हो। अनुगमनका क्रममा स्थानीय बिनाइजाजतको घरेलु मदिरा पनि फेला परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *