लुम्बिनीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ, विमला खत्री पनि भइन् मन्त्री

डिसी नेपाल
२४ असोज २०७८ १७:०४

बुटवल । सरकार गठन भएको करिब दुई महिनापछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् ।

मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

यस्तो छ नयाँ मन्त्रिपरिषद्

कुलप्रसाद केसी, मुख्यमन्त्री

डिल्लीबहादुर चौधरी, मन्त्री पर्यटन, ग्रामिण तथा सहरी विकास

कृष्णध्वजबहादुर चौधरी, मन्त्री आर्थिक मामिला तथा सहकारी

सहसराम यादव, मन्त्री भौतिक पूर्वाधार विकास

तिलकराम शर्मा, मन्त्री आन्तरिक मामिला तथा सञ्चार

इन्द्रजीत राई, मन्त्री स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण

वीरबहादुर राना, मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई

सुरेन्द्रबहादुर हमाल, मन्त्री वन, वातावरण तथा भू–संरक्षण

अजय शाही, मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति

रमा घर्ती, मन्त्री कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

सुमन शर्मा रायमाझी, मन्त्री कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था

पूर्मति ढेँगा, मन्त्री श्रम रोजगार तथा यातायात व्यवस्था

बसीउद्दिन खाँ, मन्त्री शिक्षा, विज्ञान, युवा तथा खेलकुद

विमलाकुमारी खत्री, राज्यमन्त्री स्वास्थ्य

अर्जुनकुमार श्रेष्ठ, राज्यमन्त्री जलस्रोत

सुष्मा यादव, राज्यमन्त्री कृषि

रिना नेपाल विक, राज्यमन्त्री पर्यटन




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *