मोतिपुर घटनामा एसपी सहित ४९ जना सुरक्षाकर्मी घाइते (अपडेट)

काठमाडौं । बुटवलस्थित मोतिपुरमा भएको झडपमा परी सशस्त्र प्रहरी बलका एसपी सहित १९ जना सशस्त्र प्रहरी र प्रहरीका ३० जना घाइते भएका छन् । चार जनाको ज्यान जाने गरी भएको झडपमा सशस्त्र प्रहरीतर्फ एसपीसहित १९ सशस्त्र प्रहरी घाइते भएका हुन् ।
सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि उत्पन्न तनाव नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले हाल त्यस क्षेत्रमा कर्फ्यू जारी गरेको छ ।
प्रतिक्रिया
Facebook Comment