सुदूरपश्चिमः १३ जनामा सङ्क्रमण

काठमाडौं । गएको २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभर पिसिआर र एन्टिजेन विधिबाट दुई हजार ३३८ को नमूना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पाँचजनामा आरटी पिसिआर र आठजनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पिसिआर विधिमार्फत महाकाली अस्पतालमा चार र डडेल्धुरा अस्पतालमा एकजनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा चार, दार्चुलाका दुई र बझाङ तथा कैलालीका एक÷एक जनामा सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर २६ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एकजनाको पनि मृत्यु भएको छैन ।
प्रतिक्रिया
Facebook Comment