अछाममा जन्ती गएर फर्किएको जीप दुर्घटना, तीन जनाको मृत्यु

डिसी नेपाल
२५ असोज २०७८ ६:५४

अछाम। अछाममा विवाहमा जन्ती गएर फर्किएको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। से१च१७६३ नम्बरको बोलेरो जीप आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुईकामा दुर्घटनामा परेको हो।

जीप दुर्घटनामा पन्चदेवल विनायक नगरपालिकाका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा र १७ वर्षका जीवन जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

मृतक न्यौपाने र बोहरा पन्चदेवल विनायक नगरपालिका-२, का हुन् भने जैसी सोही नगरपालिका वडा नम्बर ३ का हुन्। दुर्घटनामा सवारीचालकसहित १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । मदन धामी र उपेन्द्र शाहीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *