सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक बैठक बस्दै
काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले आकस्मिक मन्त्री परिषद् बैठक बोलाएको छ ।
प्रदेशमा तीन दिनदेखि लगातार भइरहेको बर्षाले ठुलो धनजनको क्षेति भएपछि प्रदेश सरकारले आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाएको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले प्राकृतिक विपतमा परेका नागरिकको व्यवस्थापन र तथा उद्धार र राहतमा केन्द्रित रहेर छलफल गर्ने गरी बैठक बोलाएको बताइन् । बैठक ५ बजे बस्दैछ ।
प्रतिक्रिया
Facebook Comment