कोसी राजमार्ग २२ घन्टापछि खुल्यो
काठमाडाैं। कोसी राजमार्ग २२ घन्टापछि पुनः संचालन भएको छ ।
सडक डिभिजन कार्यालय, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेनाको सक्रियतामा राजमार्ग अस्थायी रूपमा संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए ।
उनका अनुसार स्काभेटरले तत्कालका लागि अस्थायी बाटो बनाएको हो । लेउती खोलाको बाढीले मंगलबार दिउँसो ४ बजे साँगुरीगढी गाउँपालिका ६ फेदीमा करिब ५० मिटर सडक बगाएको थियो । धरानदेखि कोसी पहाडी तथा कोसी पहाडदेखि धरान झरेका सयौँ साना ठूला गाडी अलपत्र परेका थिए ।
त्यस क्षेत्रमा अहिले पनि अविरल रूपमा वर्षा भइरहेको छ । खोलामा बालुवा र माटोको लेदोसहितको बाढी अहिले आइरहेको छ । बाटो सफा गर्न चारवटा स्काभेटर परिचालन गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment