जनकपुर घटनाको विरोधमा इन्जिनियरहरूको विरोध प्रदर्शन

काठमाडौं ।संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहामाथि गरिएको अमानवीय व्यवहार तथा हातपातको घटनाको विरोधमा कर्मचारीहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।
नेपाल इन्जिनियर एसोसिएसन, नेपाल राष्ट्रिय इन्जिनियर संगठन, निजामती कर्मचारीआधिकारिक ट्रेड युनियन, नेसनल इन्जिनियर्स एसोसिएसन नेपाल, नेपाल तराई इन्जिनियर्स समाज, मधेसी डेमोक्रेटिक सोसाइटीले संयुक्त रूपमा घटनाको विरोधमा प्रदर्शन गरेका हुन् ।
“निमित प्रमुख कुशवाहालाई न्याय देऊ, डा. सिके राउतलाई कारबाही गर”, “सिके राउतको इन्जिनियर दर्ता खारेज गर” भन्दै सयौँको संख्यामा प्ले कार्डसहित विरोध प्रदर्शन गरेका हुन् । आफैँ इन्जिनियर भएर इन्जिनियरलाई बदनाम तथा बेइज्जत गर्ने काम भएकाले राउतको इन्जिनियरको लाइसेन्स खारेजीको माग गरिएको नेपाल इन्जिनियर एसोसिएसन प्रदेश २ का अध्यक्ष नन्दकिशोर यादवले बताए । उनले दोषीमाथि कडा कारवाही नभए आफूहरूले विकास, निर्माणको काम ठप्प गर्ने चेतावनीसमेत दिए । विरोध प्रदर्शनपश्चात उनीहरूले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।
Facebook Comment