कोसीमा हाम फालेका दाहाल बेपत्ता

सप्तरी । सप्तकोशी नदीमा हाम फालेर शनिबार एक व्यक्ति बेपत्ता भएका छन् ।
ब्यारेजमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।नदीमा हामफाल्ने व्यक्ति सुनसरीको तिलक दाहाल रहेको र उनको खोजी भइरहेको प्रवक्ता काफ्लेको भनाइ छ।
प्रतिक्रिया
Facebook Comment