राजदूत अञ्जान शाक्य नेपाल फिर्ती, कार्यवाहक राजदूतमा घिमिरे

काठमाडौं । आफ्नो करिब तीन बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी इजरायलको लागि नेपाली राजदूत डा.अञ्जान शाक्य हिजो(शनिबार) टर्किस एयरलाइन्सको उडानमार्फत् ईजरायलबाट नेपाल फिर्ता आएकी छन् ।
स्वदेश फिर्तीको क्रममा इजरायलस्थित नेपाली दूतावासलगायत विभिन्न संघसंस्था तथा व्यक्तिले सुस्वास्थ्य, दीर्घ जीवन तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै उनलाई विदाई गरेका थिए ।
स्वदेश फिर्तीसँगै शाक्यको ठाउँमा दूतावासका उप–नियोग प्रमुख अर्जुन घिमिरे कार्यवाहक राजदूतमा नियुक्त भएका छन् ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार ईजरायलका लागि नयाँ नेपाली राजदूत नियुक्त भई नआउँदासम्मका लागि दूतावासका उप–नियोग प्रमुख घिमिरे कार्यवाहक राजदूतको रुपमा रहने छन् ।
प्रतिक्रिया
Facebook Comment