धामी बस्दै श्रीमती र छोरीको हत्या

डिसी नेपाल
९ कार्तिक २०७८ १६:३९

काठमाडौं । इलामको देउमाई नगरपालिका– ५ बारुङमा श्रीमती र छोरीको हत्या गर्ने  पक्राउ परेका छन्। ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन् ।

एक महिनादेखि धामी बस्दै आएका पूर्णबहादुरले गएराति पहिला श्रीमतीको हत्या गरेपछि छोरीको पनि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । धामी बस्ने क्रममा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । तामाङले आफ्नो घरमा पालेको कुकरको समेत हत्या गरेका थिए ।

प्रहरीले अभियुक्तसहित उनका बुबाआमा र दुई दिदीबहिनीलाई पनि नियन्त्रणमा लिएको छ । घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट पुगेको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *