एसिड पीडित मुस्कानको उपचारका लागि पाँच लाख सहयोग
काठमाडौं ।पर्सा वीरगञ्जका एसिड पीडित मुस्कान खातुनको थप उपचारका लागि प्रदेश नं २ सरकारले रु पाँच लाख उपलब्ध गराउने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले एसिड पीडित खातुनाको थप उपचारका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो । वीरगञ्ज–४ स्थित गणेशमान चोकमा २०७६ भदौ २० गते दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।
यसअघि खातुनको उपचारका लागि सङ्घीय सरकारले पनि रु तीन लाख सहयोग उपलब्ध गराएको थियो । यसैगरी उनको उपचारका लागि वीरगञ्ज महानगरपालिका कार्यालयले रु दुई लाख र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट रु एक लाख गरी जम्मा रु तीन लाख सहयोग गरेको थियो । यसअघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई पनि रु पाँच लाख सहयोग गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment