हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई किरिया खर्च
काठमाडौं । शुक्लाफाँटा नगरपालिकाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई रु ५० हजार किरिया खर्च उपलब्ध गराएको छ ।
नगरपालिकाको वडा नं १२ मा हात्तीको आक्रमणबाट ज्यान गुमाएका ध्वजबहादुर कार्की र मथुरा कार्कीका परिवारलाई नगर प्रमुख दिलबहादुर ऐर र नगर उपप्रमुख तुलसीदेवी हमालले आज घरमै पुगेर किरिया खर्चबापतको रकम हस्तान्तरण गरेका हुन् । गत बुधबार हात्तीले घरआँगनमै आक्रमण गरी कार्की दम्पतीको ज्यान लिएको थियो । शुक्रबार नगर विपद् समितिको बैठकले पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।
यस्तै नगरपाकिाले वडा नं १ स्थित स्याली नदीमा बगेर मृत्यु भएका कृष्णदत्त भट्टको परिवारलाई रु २५ हजार किरिया खर्च उपलब्ध गराएको छ ।
प्रतिक्रिया
Facebook Comment