६ लाख बुझाएपछि मुक्त
काठमाडौं ।कपिलवस्तुको शुद्धोदन गाउँपालिका ३ गुलरीक पाँच वर्षीय अपहरित बालक मुक्त भएका छन् ।
अपहरण गर्ने भारतीय नागरिकलाई तिर्नुपर्ने ६ लाख रुपैयाँ बुझाएपछि बालकको सकुशल उद्धार भएको हो ।प्रहरीमा दिएको जाहेरीअनुसार भारतको सिद्धार्थ नगर जिल्ला अलिगडवा बस्ने मौफुस मुसलमानले बालकको परिवारसँग लेनदेनको विषयलाई लिएर अपहरण गरेका थिए ।
घरमा कोही नभएको अवस्थामा बालकलाई भेटी पसलमा पान लिन पठाउने क्रममा अपहरण भएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतीय प्रहरीको सहयोगमा बुधवार राति पौने ३ बजे बालकको उद्धार गरी परिवारलाई बुझाएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।
प्रतिक्रिया
Facebook Comment