कपिलवस्तुमा करेन्ट लागेर एक महिलाको मृत्यु

काठमाडौं ।कपिलवस्तु मायादेवी गाउँपालिका ८ जिग्नीहवा बस्ने एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षकी मालती बर्गाह हुन् ।
मंगलबार साँझ घरको दलानमा रहेको स्विच अन गर्ने क्रममा करेन्ट लागेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । माइती पक्ष र भारतमा रहेका छोरा आएपछि बुधबार दिउँसो शवको पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल लगिएको छ ।
घटनाको विषयमा इलाका प्रहरी कार्यालय पकडीले अनुसन्धान थालेको जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment