कुरुक्षेत्ररुपी चितवनमा को पाण्डव ? को कौरब ?

विजयप्रसाद मिश्र
१२ कार्तिक २०७८ १६:३३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार चितवनमै गएर ‘चितवन कुरुक्षेत्रमा परिणत हुने’ घोषणा गरेका छन् । प्रचण्डले ‘चुनाव आउँदैछ, यहाँ ठूलो लडाइँ हुँदैछ , महाभारत हुँदैछ ’ भनेका छन् । उनले महाभारत हुन्छ भन्नु चितवन कुरुक्षेत्र हुँदैछ भन्नु हो । तर यो महाभारतमा कसको जीत हुन्छ र कस्को हार ? अर्थात को पाण्डव हुँदैछन् ? र को कौरब ?

आफू चितवनबाट फेरी पनि उम्मेदवारी दिने रणनीतिमा रहेका प्रचण्डले चितवनलाई कुरुक्षेत्रको उपमा दिएका छन् । उनले उत्पीडितले पाएको अधिकार खोसेर माओवादी विरोधीहरुले आफ्नो तन्त्र लाद्न खोजेको आरोप लगाउँदै त्यसका लागि चितवनमा हुन लागेको सम्भावित महाभारतमा लडन तयार भएको बताउनुले चितवनमा केही न केही गर्न कम्मर कसेर लागेको देखिन्छ । एमाले पक्षलाई कतै एमालेकै महाधिवेशनलाई अप्ठेरो त पारिदैन भन्ने पनि लागेको हुन सक्दछ ।

प्रचण्डले ‘यो महाभारत, यो कुरुक्षेत्र हुन लागेको चितवनमा कल्ले जित्ने हो ? कौरवले कि पाण्डवले हेर्नु छ,’ भनेका छन् । उनको यो भनाईले आफूलाई पाण्डवको कित्तामा राखेको देखिन्छ । तर के साच्चिकै प्रचण्ड एण्ड कम्पनी चितवनमा हुन लागेको महाभारतको पाण्डब नै हुन त ?

प्रचण्डले ‘यो महाभारत, यो कुरुक्षेत्र हुन लागेको चितवनमा कल्ले जित्ने हो ? कौरवले कि पाण्डवले हेर्नु छ,’ भनेका छन् । उनको यो भनाईले आफूलाई पाण्डवको कित्तामा राखेको देखिन्छ । तर के साच्चिकै प्रचण्ड एण्ड कम्पनी चितवनमा हुन लागेको महाभारतको पाण्डब नै हुन त ? निर्वाचन नहुन्जेल वा महाभारत युद्धमा कसैको जीत वा हार नहुन्जेल को पाण्डव र को कौरब भनेर एक्कीन गर्न नसकिएला । तर यसलाई चितवनमा माओवादीले यस अघि गरेका घटनाहरुबाट विश्लेषण गरेर को पाण्डव र को कौरब भनेर ठम्याउन भने सकिन्छ ।

प्रचण्ड स्वयंले कुरुक्षेत्र हुने भनेको हिंसा अशान्ति हुने हो भन्ने अर्थमा नबुझ्न पत्रकारहरुसँग अपिल गरेता पनि महाभारत र कुरुक्षेत्रलाई बच्चाबच्चाले हिंसा र अशान्तिकै रुपमा बुझ्ने छन् । प्रचण्डले चितवनलाई कुरुक्षेत्र उपमा दिने तर त्यो कुरुक्षेत्र भन्नाले हिंसा र अशान्ति होइन भनेर कसले पो पत्याउँछ र ? किनकी चितवनको प्रचण्डको निर्वाचन क्षेत्रभित्रै बाँदरमूडे घटना भएको स्थान हो जहाँ सार्वजनिक बसमा माओवादीले एम्बुसमा पारेर बम विस्फोट गराएर ४० भन्दा बढी नेपाली नागरिकको ज्यान गएको थियो ।

त्यसैले यो कुरुक्षेत्र त त्यही बेलादेखि भएको थियो जतिखेर माओवादीले बाँदरमुडे घटना घटाएका थिए । त्यो घटनाको जति चर्चा गरेपनि कुरुक्षेत्र संग तुलना गर्न लायक नै छ । त्यसपछि त्यही चितवन हो जहाँ भ्रष्टचार विरोधी अभियान गर्न गएका ज्ञानेन्द्र शाहीलाई दिउसै माइक्रो बसमा हत्या गर्ने नियतले आक्रमण गरिएको थियो । जुन आक्रमण माओवादीले गर्न लगाएको कुरा कसैबाट लुकेको छैन । सो आक्रमणको भिडियो नै भाइरल भएको थियो । भनेपछि चितवन प्रचण्डले भनेजस्तै कुरुक्षेत्र नै हो जसमा कौरबले जस्तै माओवादीहरुले सत्यको पक्षमा लडने पाण्डवहरुको विरोधमा बाँदरमुडे काण्ड र ज्ञानेन्द्र शाही काण्ड गराए ।

यी दुई उदाहरणले चितवन कुरुक्षेत्र नै हो र यहाँ पटक पटक महाभारतको जस्तो गतिविधिहरु पहिले पनि हुनेगरेका थिए र पछि पनि भएका छन् वा अब पनि हुन सक्ने छन् भन्ने प्रमाणित भएको छ । पहिले पहिले माओवादीहरुले नभनी चितवनलाई कुरुक्षेत्र बनाएका थिए । प्रचण्डको छोरीलाई भरतपुर महानगरपालिकाकोमेयरमा जिताउनका लागि मतपत्र च्यातिएको घटना पनि मिनि महाभारत जस्तै भएकै थियो ।

अहिले स्वयं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले यसलाई कुरुक्षेत्र नै भनिदिए र अझ यहाँ महाभारत हुने ठोकुवा नै गरे । धन्य छ प्रचण्ड र उनका समर्थकहरुलाई चितवनलाई माओवादीमय बनाउनका लागि यसलाई पटक पटक कुरुक्षेत्र बनाएर महाभारत गर्न लगाएकोमा ।

तर नेकपा एमालेले आफ्नौ १० औ महाधिवेशन चितवनमा नै गर्ने भनेपछि साम, दाम, दण्ड, भेद अपनाएर छोरीलाई मेयर बनाएको स्थान र आफू पनि सांसद भएको क्षेत्रमा अरु कोहीले दादागरी देखाए भने त्यसलाई सहने कुरै आएन ? माओवादीका नेताकै विरुद्ध जोरी खोज्नेलाई माओवादीले गर्ने कारवाही के हो भन्ने बुझ्न पुराना घटनाहरुलाई स्मरण गर्दा नै पुग्दछ । त्यही चितवन हो जहाँ एउटा प्रपञ्च रचेर रबी लामिछानेलाई पनि तिरिखिरी पारिएको थियो । यसमा कस्को हात थियो भन्ने कुरा कसैबाट लुकेको छैन ।

प्रचण्डलाई एक पछि अर्को साथीले छोडिरहेका छन् । प्रचण्डलाई संविधानसभाकै बेलादेखि मोहन बैद्य र विप्लबले छोडेका थिए । पछि धेरै भ्रष्टचार गरेको आरोप लगाउँदै डा. बाबुराम भट्टराईले पनि साथ छोडे । त्यसपछि नेकपा भएर ५० बर्ष एकछत्र शासन गर्दछु भन्ने सपना बोकेका प्रचण्डलाई केपी ओलीले धक्का दिएर पार्टी बाहिर बनाइदिए । माओवादी पार्टी पुर्नजिवित भएपछि रामबहादुर थापा बादल लगायतका आधा दर्जन नेताहरु र हजारौं कार्यकर्ताहरुले प्रचण्डको साथ छोडेका छन् ।

संगठन कमजोर भएपछि प्रचण्डले कथित १० बर्षे जनयुद्धमा गरेका क्रियाकलापहरु अब देशभर त गर्न सक्ने स्थिति त छैन तर एउटा जिल्ला चितनमा भएपनि गरौं भन्ने लागेको हुन सक्दछ । त्यसैले चितवनलाई कुरुक्षेत्र भनेका हुन कि ? कथित जनयुद्धको बेला सिंगो नेपाललाई कुरुक्षेत्र बनाएकै थिए । अहिले प्रचण्ड जो संग मिल्न गयो त्यसलाई नै कुरुक्षेत्र बनाउने व्यक्ति हुन भनेर टिप्पणी भइरहेको अवस्थामा चितवनलाई कुरुक्षेत्र बनाउने भएपछि आम चितवनबासीहरुलाई कस्तो अनुभुति हुन्छ होला ?

यो प्रपन्च रच्नका लागि प्रचण्डले आगामी चुनावमा माओवादी पार्टी चितवनमा परास्त हुनु भनेको राष्ट्र परास्त हुने स्थिति आउनु हो भनेर नागरिकलाई भडकाइरहेका छन् । कोही निर्वाचनमा हार्दैमा नेपाल परास्त हुँदैन । अर्थात माओवादी हार्दैमा देश हार्दैन भन्ने चितवनले बुझेको छ भन्नेहरु चितवनमा प्रशस्त छन् ।

के चितवनबासीहरु चितवनलाई कुरुक्षेत्रकै रुपमा चिनाउन चाहन्छन् ? के यहाँ महाभारत होस भन्ने चाहन्छन् ? पक्कै पनि चितवनबासीहरुले यसलाई कुरुक्षेत्र बनाउन चाहदैनन् । किनभने सकभर पाण्डवहरु युद्ध गर्न अशान्त बनाउन हिंसा गर्न चाहदैनन् । उनीहरुलाई सधैं त्यही बस्नु छ त्यसैले एमालेका नेता केपी ओली प्रधानमन्त्री भएकोबेला चितवनको कुनै क्षेत्रमा रामको जन्म भएको हो भन्ने कुराको दावी गर्दै राम र सीताको विशाल मुर्तिहरु पठाएर ठूलो अनुष्ठान गर्न लगाएका थिए । त्यसैले केपी ओलीले चितवनलाई त रामको जन्मभूमी प्रमाणित गर्न खोजेका हुन् ।

तर प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्रमा केपी ओलीले कुनै राम्रो काम गरिदिएकोमा औडाहा बलेको होकी भन्ने आशंका चितवनबासीहरुले गर्दैछन् । यस्तो अवस्थामा चितवनमा द्वापर युग र त्रेता यूगमध्ये कुन कालको इतिहास बोकेको क्षेत्र भनेर देखाउने रु यसमा चितवनका नागरिकहरुले अब बोल्न, बहस गर्न ढिलो गर्नु हुँदैन । किनकी एमाले रामकालिन चितवनको एतिहास प्रमाणित गर्न लागेका छन् भने प्रचण्ड चितवनलाई कौरवकालिन कुरुक्षेत्र बनाउन खोज्दैछन् । त्यसैले महाभारत गराएर भएपनि चितवनलाई द्वन्द्वमा धकेल्दैछन् ।

यो प्रपन्च रच्नका लागि प्रचण्डले आगामी चुनावमा माओवादी पार्टी चितवनमा परास्त हुनु भनेको राष्ट्र परास्त हुने स्थिति आउनु हो भनेर नागरिकलाई भडकाइरहेका छन् । कोही निर्वाचनमा हार्दैमा नेपाल परास्त हुँदैन । अर्थात माओवादी हार्दैमा देश हार्दैन भन्ने चितवनले बुझेको छ भन्नेहरु चितवनमा प्रशस्त छन् ।

प्रचण्डका शुभचिन्तकहरुले उनलाई निर्वाचन लडन फेरी पनि मधेस आउन अनुरोध गरिरहेका छन् । केही कट्टर समर्थकहरु रोल्पा, कालिकोट, बर्दिया जानका लागि सुझाई रहेकाछन् । प्रचण्डको लागि ती स्थानहरु नै सुरक्षित हो । उनले चितवनलाई साच्चिकै कुरुक्षेत्र बनाउन खोजेका हुन भने त कसले के नै भन्न सक्दछ र ?

भीरबाट खस्न लागेकोलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिदैन भनेजस्तै अब चितवनमा नत नेपाली कांग्रेसले नत एमालेले नै वा नत बादलले नै काँध थाप्नेछन् । शुभचिन्तकहरुले त यति नै भन्न सक्दछन् की यसअघि चितवनबाट उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धा गरिरहेकै अवस्थामा अचानक माओवादीमा ठूलो योगदान गरेको छोरा प्रकाशलाई गुमाउनु परेको थियो । अर्को चुनावलाई आफैले कुरुक्षेत्र भनेपछि आफूले रच्न लागेको महाभारतमा आफ्नै पक्षलाई कौरबको भूमिकामा लान खोजिएको त होइन ?

प्रचण्डले यसअघि पनि आत्महत्या गर्दिन, आत्मसमर्पण गर्दिन, बरु अन्तिम संघर्ष गर्दछु भन्नुको तात्पर्य के ? अन्तिम संघर्ष भनेको मतलब यसपछि संघर्ष गर्न नपर्नेगरी बिश्राम लिन खोजेको त होइन ? यदि यस्तो हो भने प्रचण्ड नेपाल र नेपालीका लागि कुनै न कुनै भुमिकामा आवश्यक व्यक्तित्व हुन् । अनुभवको पुस्तक लेख्न बाँकी होला ? आश्रमको जीवन विताउन बाँकी होला ? आफूले गरेको गल्ती कमजोरीको प्रायश्चित गर्न बाँकी होला ? वा आफ्नो चाहना अनुसार नेपालको संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको निर्वाचन र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गरेरै विश्राम लिने होला ?

माथी भनिएका विभिन्न विकल्पहरु मध्ये अन्तिम विकल्पको लागि देशभरी एकपटक संघर्ष गर्दछु भन्न सुहाउँछ तर चितवनलाई कुरुक्षेत्र बनाएर यहाँ महाभारत गराउन पाउने अधिकार प्रचण्डलाई छैन । आफू बसेको घरलाई त जसले पनि शान्त र रमणीय बनाउन चाहन्छ । जसले आफ्नो घरमा महाभारत निम्त्याउने परिकल्पना गर्दछ उसको पतनका दिनहरु आए भन्ने सोच्न थालिन्छ । यसतर्फ प्रचण्डले पुर्नविचार गर्नु आवश्यक छ ।

किनकी चितवनमा यस अघि भएका घटनाहरु र अब प्रचण्डले परिकल्पना गरेको कुनै पनि क्रुर घटनामा कौरब बन्ने त उनी नै हुन । प्रचण्डले पहिले पाण्डब बन्न सक्नु पर्दछ । पाण्डवहरु बनबास गएको संग तुलना गरेर आफूपनि १० बर्ष भूमिगत भएको सोच्नु भएको हो भने यहाँलाई भूमिगत बन्न बाध्य बनाउने कौरबहरु को को थिए ? यहाँहरु भूमिगत हुँदा धेरै नेपालीले पाण्डवकै रुपमा हेरेका थिए तर गति छोडेपछि, असलियत थाहा पाएपछि अब कुनैपनि एङ्गलबाट प्रचण्डलाई पाण्डवको नाइके मान्ने पक्षमा नेपालीहरु भएजस्तो लाग्दैन ।

माओवादीको भारतसंगको हेमचेम, नेपालको धार्मिक महत्वलाई रसातलमा लान चाहनेहरुसंगको दोस्ती र देश भित्रै भ्रष्टचार, हत्या हिंसा, लुटपाट, अपहरणमा नाम कमाउन थालेपछि सच्चा राष्ट्रवादी नेपालीहरुले प्रचण्डलाई कौरबको कित्तामा राख्न थालेको धेरै भइसकेको छ । अझ चितवनबासीले त बाँदरमूडे घटनाबाट माओवादीलाई कौरबको कित्तामा राखिसकेका थिए ।

प्रचण्डले चितवनलाई कुरुक्षेत्र बनाउने योजना तुरुन्त फिर्ता लिनु पर्दछ । कुनै पनि नेपालीले नेपालको कुनै कुनालाई कुरुक्षेत्र बनाएर त्यहाँ महाभारत खेल्ने योजना गर्ने प्रचण्डलाई स्वीकार गर्ने छैनन् । बरु नेपाललाई भुटानीकरण गर्ने आशयको पुस्तक लेख्ने रञ्जित रेको पुस्तक बहस कार्यक्रममा उपस्थिति भएजस्तै अब नगर्नु नै बेश ।

त्यसैले प्रचण्डले चितवनलाई कुरुक्षेत्र बनाउने योजना तुरुन्त फिर्ता लिनु पर्दछ । कुनै पनि नेपालीले नेपालको कुनै कुनालाई कुरुक्षेत्र बनाएर त्यहाँ महाभारत खेल्ने योजना गर्ने प्रचण्डलाई स्वीकार गर्ने छैनन् । बरु नेपाललाई भुटानीकरण गर्ने आशयको पुस्तक लेख्ने रञ्जित रेको पुस्तक बहस कार्यक्रममा उपस्थिति भएजस्तै अब नगर्नु नै बेश ।

चितवनलाई बनाउनु नै पर्ने भए देशको राजधानी बनाउनुहोस । किनकी चितवनबासी अहिले पनि व्यक्तिगत रुपमा प्रचण्डको विरोध सुन्न चाहदैनन् । कुनै पार्टीमा लागेका कार्यकर्ता र नेता बाहेक आम चितवनबासी अहिले पनि प्रचण्डबाट चितवन नेपालकै राजधानी बन्ला भन्ने आशा गरेर बसिरहेका छन् । यहाँका ती समर्थकहरु गुमाउने गरी चितवनलाई कुरुक्षेत्र नबनाऔं । चितवन कुरुक्षेत्र भएमा प्रचण्ड कौरबको कित्तामा र चितवनलाई रामको जन्मभूमि प्रमाणित गर्न अग्रसर भएका केपी ओलीलाई पाण्डवको रुपमा मान्न चितवनबासी बाध्य हुन सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *