कथा : माङ्गेना
रोयल रोड्स विश्वविद्यालय क्यानाडामा यतिबेला `डायास्पोरा स्टाडिज ,भन्ने नयाँ पाठ्यक्रम चालू भैसकेको छ। त्यसो त अहिले सारा विश्व मै यस विषयलाई महत्त्वका साथ पठनपाठनको व्यवस्था गरिएको देख्न पाइन्छ।
भारतको गुजरात र गुवामा किङस कलेज लण्डनमा ,क्यालिफोर्निया र वार्विक्याडलस जस्ता विश्वविद्यालयमा यो विषयमा अध्ययन शुरु भैसकेको देखिन्छ। परन्तु मैले एक्कासि क्यानाडाको उल्लेख गर्नुको कारण हो त्यहाँ रोयल रोड्स विश्वविद्यालयमा जेनी नामकी अफ्रिकी मूलकी र माङगेना नामक भुटानी मुलकी छात्राहरू यसबेला डायास्पोरा जाति र भिन्नता विषयमा अध्ययनरत छन्।
उनीहरू यसरी दिलोज्यान लगाएर यस विषयमा लागि परेका कारण यो हो कि प्रकृतमा डायास्पोरा स्टाडिजले मानव समाजको कुन कुन विषयमा दिशानिर्देश गर्नेछ र कहाँ र कसरी छरिएका ,उखेलिएका विस्थापित समुदायको समाधान हुन्छ होला भन्ने विषयले उनीहरूको उत्सुकता बढेको छ, त्यस विषयले खिचेको छ।
जेनीले रबिन कोहेनको ग्लोबल डायास्पोरा पढदै जाँदा उनी अफ्रिकी रहेछन भन्ने पनि थाहा पाइन्। इजिडोर बोईस डेभिड तथा अलि आ माजुरूइको अर्को महत्त्वपूर्ण कृति `द अर्फिकन डायास्पोरा’ गम्भीरतापूर्वक पढलै गएर आफ्नै विषयमा धेरै कुराको जानकारी प्राप्त हुँदै गयो।
यसरी आफ्नू अध्ययनको क्रममा एकदिन सलमान रूस्दीको काल्पनिक गृहभूमि भन्ने वाक्य पढेपछि जेनीले आफनै जीवनमा नै ठूलो प्रश्नचिन्ह लागेको जस्तो अनुभव गरी। अनि आफैंलाई कस्तो अचम्म मान्दै माङगेनालाई सोध्दै – साथी म किन जतिजति अध्ययन अघि बढाउने प्रयास गर्छु उति-उति मानसिक द्वन्द्व र द्वैधतामा बेरिनु पुगेकी हुन्छु।किन मलाई यस्तो लागि रहन्छ कि हामी नै काल्पनिक गृहदेशका वासिन्दारहेछौं ।डेरिडाको खुला नगर अथवा शरणार्थी नगरको चिन्ता हाम्रो र हामी जस्ताको निम्ति चाहेका रहेछन्र।उसलाई यतिबेला स्थानभ्रंशको पीडा वा अतीत प्रेम र खण्डित भएको अनुभूति अनन्त कालसम्म खप्नुपर्ने स्थिति बोध भएजस्तो अनुभव हुँदैछ
कसरी तिम्रो सोचाइ काल्पनिक गृहतिर ढल्कियोत साथी ?
हैन, मेरो मातृभूमि त क्यानाडा होइन अफ्रिका हो। हाम्रो मुलुकका मानिसहरू विभिन्न कारणले देशै रित्तिने गरि संसारभरि छरिएर बस्न शरणार्थी हुन बाध्य छन्। क्यानाडाली श्रम शिविरमा हजारौं अफ्रिकी पुरुष महिलाहरू छन्। मेरो परिवारले पनि राजनीतिक निर्वासित जीवन काटिरहेको छ यहाँ।अब मेरो देश न अफ्रिकी भयो न क्यानाडा भए पछि तेस्रो देश अथवा काल्पनिक गृहभूमिमा उभिएको छु , मन उतै खिचेको छ
जेनीको कुरा सुनेर माङगेना आफै छाङगाबाट खसे जस्तो हुनपुगि। उसको पनि गृहभूमि प्रकृतमा कुनचाहिँ हो उसैलाई राम्रोसँग थाहा छैना।फेरि उसका आमा-बाबाले नेपाल हाम्रो मातृभूमि हो भनेको कहिले थाहा भएन।बरू भूटान र जोङखा शासन भन्ने शब्द घरिघरि उच्चारण गरेको मात्रसुनेकी छ।परन्तु उसका साथी सङ्गीले माङगेना नेपालबाट आएकी ,नेपाली भन्ने बारे जवाफ खोजेर कहिलेकाही मन हाहाकार नगरेको होइन। एकदिन एक्कासि उसले अामसँग मातृभूमिको कुरा गर्दा उनी अचम्मित हुदै छोरीको अनुहारमा धेरै कुरा पढने कोसिस गर्छिन्।
छोरी तिमीलाई क्यानाडा अाफ्नो देश जस्तो लाग्दैन र?
आजभोलि बेलाबखत देशबाट उखेलिएका, पाल्न नसकेको ,गरीब मुलुकको मुला ,शरणार्थी ,विस्थापित जस्ता शब्दले मलाई ठट्यौली गरेजस्तो लाग्छ ।किन साथीहरूले पटकपटक प्रवासिएका नेपाली ,नेपालबाट विस्थापित भएका भन्ने गर्छन् त हामीलाई?
साथीहरूले ठीकै भन्दैछन् परन्तु हामीलाई नेपाली भने पनि हाम्रो देश भूटान थियो। भुटान एउटा बहुभाषिक, बहुसांस्कृतिक मुलुक भए पनि त्यहाँ राज शासन छँदैछ। अनि सन् १९९०मा भूटानी प्रजातान्त्रिक आन्दोलन भएपछि प्रायः डेढलाख जति भूटानी स्वदेशबाट विस्थापित हुनु पर्यो। थाहापाए अनुसार थोरै सङ्ख्यामा साद्रीभाषी र डुक्पाहरू थिए अरू सबै विस्थापित हुनेहरू नेपाली भाषीमा गनिन्थे जो राई,लिम्बू ,मगर गुरुङ र तामाङ पनि थिए।
नेपाली भने पनि लिम्बू भने पनि हामीलाई याकथुङवा याकथुम्बा भनेर चिनिन्थ्यो । याकथुङलाजे थियो त्यहीँ उनीहरू शासन गर्ने गर्थे। सिक्किम राज्य बनेपछि त्यहाँ लिम्बू भोटे र लेप्चाले मिलेर शासन चलाउँथे। पछि गोर्खा राजाले याकथुङ लाजे आफ्नो अधिनमा लियो ।तर भुटानमा पनि याकथुङलाजे परेको हुनाले हामी भूटानका नागरिक हुन पुग्यौं ।आमाको कुरा सुन्दै जादा एउटै शब्द बारबार उसको मनमा दोहोरिन पुग्यो -याकथुङलाजे।अनि अनायास मुखबाट दुई -तीनपटक उच्चारित भयो।
तर ऊ पुरै शङकास्पद स्थितिमा पुगि।के अहिले हामी देशविहीन जाति हौँ त भन्ने सोचले उसको मन बिचलित पार्न खोज्छ।त्यसोभए अब हामी कुन देशलाई मातृभूमि भनेर गौरव गर्ने त? हामी काल्पनिक गृहभूमिलाई मात्रै सम्झि बस्ने कि मातृभूमि भन्ने कुनै मुलुक हाम्रो लागि पर्खिरहेका होला?
मनमा यसरी कुरा विचारदै जादा – नेपाल पनि आफ्नै रहेछ जस्तो लाग्छ। फेरि सिक्किम पनि आफ्नै हो भन्न सकिने पुर्खाको देश। भूटान पनि एक किसिमले आफ्नै देश थियो रैछ त किन यसरी देशवासीलाई उखेलेको मुला बनायो। विश्वभरि छरिएर बसेका मानव समाजको दुर्दशा देखेर विस्मयादिबोधक हुन पुग्छे।
ऊ घरिघरि।साच्चिकै देशविहीन त होइनौं रहेछौं हामी परन्तु कसरी लाखौं मानिसको यस्तो परिस्थिति उब्जिएको होला। यस्तै अनेकौं मानसिक द्वन्द्व , भय, शंका र पीडित चेतना बोकेर आफ्नू मातृमूमिको प्रारूप मनभरि तयार पार्ने प्रयास चलाउछे। रोहिङगा, यहुदी , यामिनी र पिलेस्टिनी जस्ता जातिलाई सम्झिएर माङगेनाको मानसिक सन्तुलन विचलित बनेको बेला मूलसडकमा एकहुल मान्छे हातमा झन्डा बोकेर नारा लगाउदै जुलुस निकालेको देख्छे। अनि अघिअघि जेनी पनि झणडा लिएर कुदिरहेको उसले देखि ।
जेनीले उसलाई देखि कि देखिन भन्ने कुरा माङगेनाले ख्याल गर्न भ्याइन।केवल जेनीलाई देख्नेबित्तिकै माङगेना पनि हातमा झन्डा लिएर जुलुसमा मिसिनु पुगि।।अरूले के नारा लगाउदै थिए,जेनीले के भन्दै अघिल्तिर हिडीरहेकी थिई उसले राम्रोसँग सुनिन अथवा सुने पनि केही थाहा भएन। अवश्य उसले भने एकहोरो याकथुङलाजे जिन्दावाद,याकथुङलाजे जिन्दावाद भन्दै उफ्रि उफ्रि नारा लगाएको सबैले सुनिरहेका थिए।
Facebook Comment