दूतावासद्वारा मलेसिया रोजगारी सुचारु नभएको जानकारी

काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले मलेसियामा रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयका सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै मलेसियामा वैदेशिक रोजगारीको लागि मागपत्र प्रमाणीकरण सुचारु नभएको जनाएको हो ।
सूचनाका अनुसार कोभिड–१९ को प्रभाव नियन्त्रण गर्न मलेसियाले २०२० मार्च १८ देखि लागु गरेको आवागमन नियन्त्रणसँगै स्थगित गरिएको मागपत्र प्रमाणीकरणको कार्य हालसम्म सुचारु गरिएको छैन । साथै, दूतावासले मागपत्र प्रमाणीकरणको कार्य सुचारु हुनासाथ सूचित गरिने जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment