पाल्पामा नेकपा (एकीकृत समाजवादी)को विभागीय संयोजक तोकियो

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पाल्पाले विभिन्न विभागिय जिम्मेवारी तोकेको छ । आज १० वटै पालिका र जिल्ला तहमा विभिन्न विभागको जिम्मेवारी बाँडफाँट गरिएको छ ।
रामपुर नगरपालिकामा इन्चार्जमा विनोद श्रेष्ठ, सहइन्चार्ज फणेश्वर गौतम, निस्दी गाउँपालिकाको इन्चार्जमा कमल सेन, बगनासकाली गाउँपालिकामा कमल पाण्डेय, तानसेन नगरपालिकामा मोहनलाल गैरेलाई जिम्मेवारी दिइएको छ ।
माथागढीमा करुणा काफ्ले, पूर्वखोलामा दुर्गा अधिकारी, रम्भामा ईश्वरी श्रेष्ठ, तिनाउमा अरविन्द्र पाण्डेय, रिब्दिकोटमा हिमाल पाण्डेय र रैनादेवी छहरामा पूर्ण भण्डारीलाई पालिका इन्चार्जको जिम्मेवारी तोकिएको छ ।
युवा विभाग जिल्ला संयोजकमा करुणा काफ्ले, खेलकुल विभाग संयोजकमा कमल सेन, महिला विभाग संयोजकमा गोदावरी ज्ञवाली, प्रचार प्रसार विभाग संयोजकमा पदम गैरे, उद्योग तथा वाणिज्य विभाग संयोजकमा परशुराम पौडेललाई जिम्मेवारी दिइएको छ ।
बुद्धिजीवी संयोजकमा कृष्णप्रसाद पाण्डेय, शिक्षा विभाग संयोजकमा मीनप्रसाद बन्जाडे, कृषि विभाग संयोजकमा धु्रव भण्डारी, स्थानीय तह विभाग संयोजकमा पूर्णबहादुर सिंजाली, कार्यालय विभाग संयोजकमा जगन्नाथ आचार्यलाई तोकिएको प्रचार प्रसार विभागका संयोजक पदम गैरेले जानकारी दिए ।
पार्टीका केन्द्रीय पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेयले कम्युनिष्ट आन्दोलन बचाउन सबै लाग्नुपर्ने बताउँदै सामाजिक क्षेत्रका विकासका कामहरु दु्रतगतिमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
Facebook Comment