सामुदायिक वनको भवन जङ्गली हात्तीको बथानले भत्कायो

डिसी नेपाल
१४ कार्तिक २०७८ १७:२१

काठमाडौं ।आज बिहान जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको बैजनाथ सामुदयिक वन उपभोक्ता समितिको कार्यालय भवन भत्काई दिएको छ ।

सामुदायिक वनको कार्यालय भवन भत्काएपछि त्यसभित्र रहेका महत्वपूर्ण कागजपत्र, दराज, कम्प्युटर लगायतमा क्षति पुगको छ । “पूरै भवनको पर्खाल भत्काई दिएकाले ठूलै क्षति भएको छ ।” कार्यालयभित्र राखेका सबै सामान कामै नलाग्ने गरी क्षति भएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए ।

केही दिनअघि देखि हात्तीको बथान सामुदायिक वन क्षेत्रमै रहँदै आएकाले सतर्कता अपनाउँदै आएको उनले जानकारी दिए। सतर्कता अपनाउँदा अपनाउँदै पनि एकाएक आएको हात्तीको बथानले कार्यालय भवन भत्काएको छ । कार्यालयमा चौकीदारलगायत वनका पदाधिकारी कोही नभएकाले मानवीय क्षति हुनबाट जोगिएको उनले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *