विश्वका नेताहरूसँग प्रधानमन्त्री देउवाको भेटवार्ता (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा विभिन्न देशका नेताहरूसँग भेटवार्ता गरेका छन् ।
सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्मेलनलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री देउवाले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ICYMI: I urge world leaders to recognize the specific climate vulnerability of the high Mountains and accord high priority to the mountain agenda in all climate-related negotiations.
Video at #COP26 while addressing the WLS in Glasgow. 1/3 pic.twitter.com/54cniYx0dZ
— Sher Bahadur Deuba (@SherBDeuba) November 2, 2021
आजै प्रधानमन्त्री देउवासँग श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेले भेटवार्ता गरेका छन् । यसैगरी संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गरेका छन् ।
उनले अमेरिकाका राष्ट्रपति जोन बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, मंगोलियाका राष्ट्रपति अखना खुरेल्सुकलाई पनि भेट गरेका छन् ।
तस्वीरहरूः रासस, नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीको ट्विटर र विभिन्न एजेन्सीहरु
Facebook Comment