प्रदेश नं १ मा ८३ जनामा कोरोना सङ्क्रमण

काठमाडौं ।गएको २४ घण्टामा प्रदेश नं १ मा ८३ जनामा कोरोना सङ्क्रमण भएको छ । तीन सय ६५ को पीसीआर परीक्षण गर्दा ७५ र ७६ को एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २८, मोरङमा २६ मध्ये विराटनगरमा २०, सुनसरीमा १७, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण भएको हो । प्रदेशमा आजै ५१ महिलासहित १०८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा दुई महिलासहित तीन जनाको मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया
Facebook Comment