टी–२० विश्वकपः आज अष्ट्रेलिया र बंगलादेश भिड्दै

डिसी नेपाल
१८ कार्तिक २०७८ १२:२५

काठमाडौं। दुबहीमा जारी आईसीसी टी–२० विश्कप अन्तर्गत आज हुने खेलमा अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। समूह एकमा रहेको यि दुई टिमको खेल दुबही अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो ३ः४५ बजे सुरुहुने छ।

यसअघि तीन खेल खेलेको अष्ट्रेलियाले दुईमा जित र एकमा हार ब्यहोरेर ४ अंक जोेडेको छ। त्यसैले सेमिफाईनल यात्रा सुरक्षित गर्नको लागि आजको खेल जित्नै पर्ने दबावमा रहेको छ। बंगलादेशले भने,यसअघि खेलेको चार खेलमा सबैमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । त्यसैले बंगलादेश पनि अष्ट्रेलियालाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्यको खोजीमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *