विद्युत सर्ट हुँदा घरमा आगलागी, चार लाखको क्षति

डिसी नेपाल
१८ कार्तिक २०७८ १७:१०

अछाम । अछामको चौरपाटी गाउँपालिका ६ दुनीस्थित एक घरमा आगलागी हुँदा चार लाखको क्षति भएको छ । झुसे साउँदको घरमा विद्युत सर्ट भई आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, नगद र दुई तोला सुन नष्ट भएको प्रहरी चौकी चौखुट्टेका प्रहरी सहायक निरीक्षक पदमराज जोशीले जानकारी दिए । आगलागी बिहीबार बिहान भएको हो ।

चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँद पनि घटना स्थल पुगेका थिए । राहत उपलब्ध गराइने उनले बताए ।

साउँद परिवारलाई जीवन साउँदले खाद्यान्न, भाडाकुडा र त्रिपाल सहयोग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *