न्यायाधीश आन्दोलनको अवस्थामा पुग्नु भनेको लोकतन्त्र कमजोर बनाउने खेल होः पोखरेल

डिसी नेपाल
१८ कार्तिक २०७८ १७:४९

काठमाडाैं ।सर्वोच्च अदालतको न्यायाधीश नै विभाजन भई आन्दोलनको अवस्थामा पुग्नु भनेको लोकतन्त्र कमजोर बनाउने खेल भएको नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् ।

उनले कानून पढेका बुझेका, जानेकाले न्यायालयलाई बन्दी बनाउन नहुनेमा जोड दिए । प्रेस चौतारी नेपाल दाङ शाखाद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले जनताको आवश्यकता, दीर्घकालीन विकास निर्माण र पूर्वाधारका क्षेत्रमा केपी ओली नेतृत्वको सरकारले गरेको ऐतिहासिक प्रगतिमा रोक लगाउने कामले जनतामा निराशा छाएको बताउँदै ओली नेतृत्वको सरकारले ल्याएको एक हजार ४०० सडक आयोजना खारेज गर्दा त्यसको असर समग्र अर्थतन्त्रमा परेको आरोप लगाए ।

उनले एमालेले जनताको जनमतलाई उच्च सम्मान गरेर अघि बढेको हुँदा सरकार बाहिर रहेपनि जनताकै साथमा रहेको उल्लेख गर्दै अहिले एमाले दशौँ महाधिवेशनमा केन्द्रित भएको जानकारी दिए। विधान अधिवेशन, नीति निर्माणसँगै नेतृत्व निर्माणका लागि आशन्न दशौँ महाधिवेशनको प्रक्रिया अघि बढेको हुँदा नेकपा एमाले थप बलियो, सङ्गठित बनेर अघि बढ्ने सङ्कल्प गरेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *