नेपाल संवतको सांस्कृतिक महत्वलाई प्रवर्दन गरिनेछः प्रधानमन्त्री देउवा

डिसी नेपाल
१९ कार्तिक २०७८ १३:४७

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाल संवत्को सांस्कृतिक महत्वलाई प्रवर्दनका लागि सरकारले आवश्यक कदम चाल्ने बतााएका छन्।नयाँ वर्ष नेपाल संवत् ११४२ का अवसरमा आज ललितपुरको मङ्गलबजारमा सांस्कृतिक र्यालीको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले नेपाली संस्कृति र जनजीवनको भावनासँग जोडिएको नेपाल संवत्को ऐतिहासिकता र महत्वलाई थप प्रवर्दन गर्नुपर्नेमा जोड दिएका छन्।

उनले नयाँ वर्षका अवसरमा शुभकामना दिँदै सरोकार भएका पक्षको सुझाव र मागका आधारमा सरकारले उक्त संवत्का लागि गर्नुपर्ने प्रवद्र्धन र संरक्षणमा उचित ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।विभिन्न जातीय संस्थाले हरेक वर्ष मनाउँदै आएको उक्त संवत्का अवसरमा यस वर्ष देउला समाजको संयोजन र नेपाल खड्गी समाजको सहसंयोजनर्मा यालीको आयोजना गरिएको थियो ।

मङ्गलबजारबाट परम्परागत बाजागाजा र वेषभूषासहित सौघाललगायत भित्री सहर हुँदै पुनः मङ्गलबजार पुगेर र्यालीको समापन भएको थियो ।कार्यक्रममा नेपाल भाषा मंका खलः ललितपुरका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिइसकिएकाले यसलाई सरकारी कामकाजको मान्यता दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *