कथा : बाजी थापेर
सन्ध्या बैठक। सूचकले संकेत गर्यो र प्रवेश लियो। ‘मुड्के सलाम हजुर’ भनेर नायकका अगाडि उभियो।
नायकको व्यक्तित्व सुहाउने सुन्दरी बारुणी तयार गर्दै थिई। नायकले सूचकको नजर पढेर सफाइ दिँदै भन्यो, ‘तिमी ठीक समयमा आयौ। अनि सुन्दरीलाई संकेत गरेर भन्यो ‘रतिका यी हाम्रो संगठनको सक्रिय सदस्य हुन्। सदस्य भनेर पुग्दैन यी त मेरा साथी हुन्। भनौ दाहिने हात हुन्।’
अनि सूचकतर्फ संकेत गरेर थप्यो-हामी कुरा गर्न सक्छौं। यहाँ त्यस्तो अफ्ठेरो मान्नु पर्दैन। उनी थलिएकी छन्। त्यसैले मलाई सहयोग गर्न आएकी हुन् राति। यिनी मसँग लगभग दुई महिनाको लागि करारमा छन्।
फेरि मनमन भन्यो-रेन्टल वाइफ कि करार पत्नी। सरी कत्रो गलत बुझाई रहेछ मेरो। मलाई पो उनले राखेकी हुन त, कहाँ उनलाई राख्ने क्षमता हुन्थ्यो मसँग? म त सकिइसकेको छु। बुद्धि र वित्तबाट। बाँकी रह्यो बल त्यो यिनैका लागि हो।
थोरै नशाको अभिनय गरेर लर्वराउने शैलीले भन्यो, ‘भन मित्र प्रगति कस्तो छ?’
रतिले सभ्य ढंगले भनी, ‘बस्नुस्, म आउँछु।’ ऊ निस्किई र सूचकका लागि पनि खाने पिउने कुरा लिएर आई। अनि भनी, एकसाथ (चियर्स)।
एक सुरुप ओठले च्यापेर पिउने अभिनय गर्दे सूचकले भन्यो-‘मैले गाडी चलाउनु पर्छ त्यसैल जोगिनु पर्छ नि हजुर। मन लागे पनि आफूलाई बाध्नु पर्छ। पहिलोपटक हजुरको मन राख्न मात्र ग्लास समाएको हुँ।’
‘उँः सुरु भयो कि निद्रा आयो। ग्रीन जोनीवाकर पिउनेलाई आज मार्फा मन परेन जस्तो छ। उहाँलाई लागि सक्यो। तपाई लिनुस्। डराउनु पर्दैन। नत्र मै पुर्याइ दिन्छु। नभए यहाँ पनि गेष्ट रुम छ।’
रतिले सूचकलाई लीलापूर्वक विस्तारै सोफामा पल्टाई र फेरि आफ्नो स्तनभार उसको छातिमा विसाई। भन म पनि खुल्छु। तिमीसँग, तिमी पनि खुलेर भन। यदि यहाँ असजिलो भयो भने उता सरौंला समय आफ्नै हो।
नायक सोफामा घुर्न थाल्यो। रति र सूचक गाडीमा गएर संवाद गर्न थाले। रतिले क्यामेरा, क्यासेट र कुलरका बटनमा औला घुमाई। सूचकलाई आफ्नो संवाद र ब्यावहारबाट प्रभावित पारिसकेपछि रातिले भनी , ‘शर्त छ। उहाँको निजी जीवनको कुनै कुरा गर्न आउनु भएको भए भैगो। मैले कसैको व्यक्तिगत जीवनको कुण्डली पढ्नु छैन। म सोध्दिन पनि सुन्दिन पनि। तर देशको, जनताको यहाँको संस्कृति र इतिहासको, सम्पदा या माटोको विषयमा भन्न आउनु भएको हो भने म पनि सुन्छु। मलाई भन्नुहोस्। यदि असल कुरा रहेछ भने म पनि बल पुर् याउछु। गलत योजना रहेछ भने गलत भन्छु पन्सन्छु।’
‘त्यस्तो खास गोप्य कुरा होइन केवल जानकारी दिनमात्र आएको थिएँ।
‘ठीक छ आजको सूचना पनि भनौं। म सुनाइदिन्छु। अस्तिको सूचना पनि भनौ मलाई सही लाग्यो म खुसी भए भने तपाईले नसोचेको उपहार पनि दिन्छु।’
‘मै’साब यो घर त उहाँको हैन क्यार। फेरि मलाई यहाँको ठेगाना किन दिनु भएछ ?’ सूचकले प्रश्न गर्यो।
‘त्यसो क्यै हैन। उहाँले आत्महत्या गर्छु भन्नु भो फेरि अस्त्र उठाउँछु भन्नु भयो उहाँ विक्षिप्त भएको ठानेर उहाँकै रक्षाका लागि यहा ल्याएको हो—ता कि शैतान मित्रहरुको घेराबाट मुक्त गर्न सकियोस। अहिले उहाँको उपचार चल्दै छ।
रतिको संवाद र स्पर्शले सूचक उत्तेजित हुँदै गयो। ऊ नायकको विशेष व्यक्ति रहेको तथ्य रतिले पनि थाहा पाउँदै गई। अनि संबोधन फेरेर भनी खुसी छु म तिमी यही उपहार चाहन्छौ भने अहिले लेउ आज तिम्रो लागि सुरक्षित सुसज्जित रहेछ यो भन्दै आफ्नो स्तनभार उसैलाई अर्पण गरी। बेलाबला ऊ बालक पनि हुन पुग्थ्यो । यौवन विलासका सोपानहरुमा चढ्ने रुचि देखाउँदै रह्यो।
सूचकले अलिक बढी हर्कत गर्न थालेपछि भनी—योभन्दा अगाडि जान त भित्रै पस्नु पर्छ यहाँ सजिलो छैन। अतिथि कक्षमा पुगेर शयन व्यवस्थित रहे नरहेको निरीक्षण गरी। सूचकलाई शौचालय र स्नानघर देखाइ दिई अनि झ्याल ढोका दुरुस्त पारेर निस्कदै भनी म आइहाले एकैछिन। घर परिसरको पर्खाल अग्लो भएको हुनाले नजर—ध्वनि भय थिएन।
रति खानेकुरा लिएर आई पिउने कुरा अनिवार्य जस्तो थियो। वरिपरि आखा घुमाई र चर्को बत्ती निभाएर बसी। यसपटक सोफामा बसेरै खानपिन चल्यो। उसले भनी ‘हाम्रो संवादमा तपाईले असजिलो पा¥यो ‘तिमी’ भने नि मैलै थाहा पायौ? हेपेको हैन नि नजिक पारेको।’
‘राम्रो सजिलो र आत्मीय लाग्दा खुल्न पनि सजिलो हुन्छ। म तिम्रो विचारमा सहमत छु।’
‘यो मार्फाली हो। यसले अश्वशक्ति बढाउँछ भन्छन नि।’ रतिले उत्तरको अपेक्षा राखी।
‘खै खासै तुलना गरेर अनुभव लिने मौका परेन भन्नुपर्यो।’
तिमी त योद्धा हो क्यार तरुनीको संगत त गरेकै छौ, हैन त?
कहिले थोत्रा र निरस फेला पर्छन्—पन्साएकाहरु। आफू खुसी गर्न त गाउँमै पस्नु पर्छ । त्यहाँ पनि मौका पर्नु पर्छ। त्यस्तै हो।
मार्फा चढिसकेको थियो। त्यसैले सूचक अनुकूल स्थितिमा रहेको ठानेर रतिले प्रश्न भावले भनी—तिमीलाई अर्जुन र उर्वर्शीको कथा थाह छ। आज म उर्वशीको भावले तिम्रा सामु उपस्थित छु—आफ्नो रुचिले त्यहाँ उर्वशी असफल थी, म यहाँ असफल हुन्न। मेरो कुरा बझ्यौ होइन? त्यहाँको सम्बन्ध वाधक थियो। यहाँको पोषक छ।
‘खै के भन्ने उसबेला बुर्जुवा पढाइले कहीं पुगिदैन भन्ने विचारमा लागियो र पुस्तक च्यातेर र जलाएर हिडियो, के पढियो र मार्ने मर्ने बाहेक!’
‘भन खेलिसकेर भन्ने कि भनिसकेर खेल्ने। म तिमिलाई स्वतन्त्र रहेर जवाफ दिन भन्छु।’
रतिले सूचकलाई लीलापूर्वक विस्तारै सोफामा पल्टाई र फेरि आफ्नो स्तनभार उसको छातिमा विसाई। भन म पनि खुल्छु। तिमीसँग, तिमी पनि खुलेर भन। यदि यहाँ असजिलो भयो भने उता सरौंला समय आफ्नै हो।
‘अनि माथि नायकलाई वास्ता गनुृ पर्दैन?’
‘मेसेज आइसक्यो। एकजना चिकित्सक र एक परिचारिका आइसके । मेरो ड्यूटी सकियो। अँ के भन्दै थियौ?’
मलाई आज एउटै कुराले पिरोल्छ। त्यो हुनुहुने थिएन। जसको परिणाम आज पनि म नराम्रै देख्तै छु।
त्यो के हो ?
कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको बेला उनले नेगुवि ढिसमिस गरिदिए। त्यो सुरक्षा र सूचनाको अत्यन्त सक्रिय र सफल एकाइ थियो। बुझेनन्। कम्निस्टहरुको एकाइ हो भनेर बन्द गराए। तस्कर, विचौलिया र विदेशी धर्म‐व्यापारीलाई प्रवेश गर्न सरल बनाइदिए। विचरा सन्त नेताले फटाहाहरुको त्यो छद्मचाल बुझ्नै सकेनन्।
सन्तका हातबाट त्यो विकर्म गराई छोडे। त्यसपछि मुलुकका अङ्ग अङ्गमा छयरोग पस्यो। यस घटनाले मलाई आज पनि दुखाउछ । धकेलिदै यहाँसम्म आइ पुग्यौं।
आजको सूचना के थियो त? रतिले पहिले कानको लोती टोकी र तातो स्वासले मन्द स्वरमा सोधी।
‘त्यो त पचास अर्बको सौदा पक्का भो। त्यही खुसी र सूचना दिन आएको हुँ।’
‘ए ठूलै राशी रहेछ। तर, के वापत?’
‘यो औषधिको सौधा हो ?’
रति सतर्क भई र क्यामेरामा रेकर्डिङमा आखा घुमाई अनि संवादलाई निरन्तरता राखेर भनी कुन खालको औषधि हो त त्यो। कि त्यो औषधिले सधै जवान राख्छ या मर्न दिँदैन? खास महिमा त होला नि ? कस्ता खालका विरामीले लगाउने हो त्या दवाई।
‘त्यो एउटा शट हो। इन्जेक्शन। अरु क्यै होइन।’ यसपटक रतिले सूचक पुरुषको शरीरमा सघन रोमावलि भएको भूगोलमा खेल्दै प्रश्न थपी शट त मामुली नै हुन्छ नि? त्यस्तो महँगौ होला त भन्या?’
‘हैन नि। बिमारीले त्यसको शुल्क तिर्नै पर्दैन । त्यो त मात्र राजनीतिक सौदाबाजी हो।’
‘बाबा के गर्छ त्यो शर्टले? कपाल फुल्न दिँदैन तीर्खा लाग्न रोक्छ। राती पनि आखाँ देखिन्छ। हत्यारो दयालु हुन्छ। अपराध गर्नेले सजिलै सत्य उगेल्छ। क्यै त गर्छ होला नि त्यसले? त्यो चाहिँ भनन। ल म पनि त्यो एकोहोरो सुताइबाट थाकिसकेँ। छिटो गर। भनिहाल न।’
अब मैले जिउछाडेँ मलाई कुनै रस छैन। म भित्रैदेखि सुकेँ, तिमीले मलाई भोग्छौ भने भोग आफू खुसी भोग, मलाई क्यै फरक पर्दैन।
‘त्यो बच्चा नपाउने औषधि हो। त्यो लगाएपछि मान्छेमा प्रजनन शक्ति रहदैन। कसैको वंश वृद्धि हुँदैन। न छोरा मान्छेले सन्तान जन्माउछ न छोरीले। त्यसैले डाक्टरको अगाडि पुगेर कुर्सीमा बस्नासाथ पहिले त्यो शट दिइन्छ र मात्र विमारीको सोधपुज परीक्षण शुरु हुन्छ।’
‘किन यसो गरेको?’
‘यता जनसंख्या घटेपछि हरेक कामका लागि मान्छे उतैबाट ल्याउने ठूलो योजना हो। हामीलाई पैसा चाहिया छ। मुलुक थाम्नु छैन। स्वास्थ्य मन्त्रालय, बाण्ज्यि मन्त्रालयमार्फत गरिएको संझौता हो। स्वास्थ्य पोषक भनी छलपूर्वक नरवंश निर्मूल पार्न विदेशीको योजनामा यो मुलुकले सौदा मञ्जुर गरेको हो। यो नीति यही सरकारले ल्याएको हो।’
यो कुन उमेरका कस्ता मान्छेले लिन्छन्?
‘काखका सन्तान, स्कूल कलेजका विद्यार्थी, नव विवाहित जोडी,सन्तान पाउने क्षमता भएकाहरु प्रत्यकले लिनु पर्ने हुन्छ। पहिले त्यो फारम भरिन्छ र कोड नं पनि दिइन्छ। अस्पताल होस वा क्लिनिक समानरुपले सर्वत्र त्यो अनिवार्य छ। त्यो कोड नं पनि राखिन्छ। त्यसैले लगाएको नलगाएको थाह भै हाल्छ‐चिकित्सा क्षेत्रलाई।’
‘यो त महान घातक रहेछ शैतानको योजना पो हो त कत्रो डरलाग्दो हो।’
‘यो प्रोग्राम छिमेकमा छैन। तर, आएको उतैबाट हो। आउँदा अरु देश भएर आउँछ।’
मेरो मन अँध्यारो भो अव म कोठामा भए जति बत्ती बालेर सुत्छु। अब मैले जिउछाडेँ मलाई कुनै रस छैन। म भित्रैदेखि सुकेँ, तिमीले मलाई भोग्छौ भने भोग आफू खुसी भोग, मलाई क्यै फरक पर्दैन। मलाई यो देशको राजनीति र राजनीति गर्नेदेखि असाध्यै घृणा लाग्यो। छि : कतिसम्म विकर्म गर्न सक्तो रहेछ—राजनीतिक जीव। यस्ता विवेकशून्य जीवले मुलुक विलय नगरेर के गरोस्? सुधार? विकास? मात्र सौदा विलिङ्गीहरुको। धिक्कार होस्।
सुतेको प्राणीमाथि हिंस्रक प्राणीले पनि आक्रमण गर्दैन। सचेष्ट गराउँछ। भाग्ने मौका दिन्छ र त्यसपछिमात्र आक्रमण हुन्छ। यो त पशु नीति नै हो झन सूचक त मानिस हो। के भो प्रश्न यही छ?
पछि मन्त्री सचिवहरु थुनामा परे। नगरबधू र परिचारिकाको भेषले सुरक्षामा खटिएका प्रहरीकर्मीहरुले आफूलाई बाजी थापेर भए पनि मुलुकको जनशक्ति जोगाएकोमा राज्यले उच्च सम्मान दियो। प्रमाणहरु सुरक्षित गरिए। सरकारका निर्णयहरु पारदर्शी हुने प्राणालीको विकास भो र विदेशीसँग संवाद गर्दा वकील र पत्रकार विशेषज्ञको उपस्थितिलाई अनिवार्य गराउने नीति लागू भयो। यसले गर्दा सांसदबाट मन्त्री हुने बाटो बन्द भयो प्रहरी शक्ति आदरणीय बन्दै गयो।
Facebook Comment