देउवाको दाबीमा प्रचण्डको खण्डन, शेरबहादुरजीले बोलेपछि तरंग आयो

डिसी नेपाल
२० कार्तिक २०७८ ११:३०

काठमाडौं ।मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट पारेका छन् ।

देउसी खेल्न खुमलटारस्थित आफ्नो निवासमा आइपुगेको कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी परिवारसँग कुरा गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सहमति नभई पारित गर्न नसक्ने भएकाले समय चाहिन्छ भनेर चिठ्ठी पठाएको उनको दाबी छ । एमसीसी सम्झौता गर्दा संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान नभएको, तर त्यो थप्दा समस्या भएको उनले बताए ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले सत्तारुढ गठबन्धनमा तरंग आएको छ । उनले भने, ‘ शेरबहादुरजीले प्रचण्डजी र मैले चिठ्ठी पठासकेको छु भनेर बोलिदिनुभएछ । सोहि कारण अहिले तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठ्ठी पठाएको होइन ।’ विदेशी सहयो स्वीकार गर्नु स्वभाविकै भए पनि एमसीसीमाथि प्रश्न उठेको प्रचण्डले बताए । उनले भने, ‘दुनियाँको कुनै पनि विकसित देशले दिएको सहयोग नलिने भन्ने चाहिँ हुँदैन । अनुदान लिने कुरा सामान्य कुरा हो । तर, यो एमसीसीमा यति धेरै बहस विवाद किन भयो भने पहिलो सुरुमा सहमति हुँदा यो एमसीसी सम्झौता संसदमा लानुपर्ने र संसदबाट अनुमोदन गर्नुपर्ने केही कुरा थिएन । अमेरिकाले सहयोग दिने र नेपालले लिने भन्ने मात्रै थियो ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन सरकारले नै चुनाव गर्ने र सकेसम्म तालमेल गर्ने समेत बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *