राष्ट्रपति भण्डारी भाईटीका लगाइदिँदै
काठमाडौं । यमपञ्चक अर्थात् दिपावलीको अन्तिम दिन आज भाइटीका मनाइएको छ ।
११ बजेर २ मिनेटको उत्तम साइतमा यमपञ्चकको पाँचौँ दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राष्ट्रपति निवास, शितल निवासमा दाई डेकेन्द्र पाण्डेलाई भाईटीका लगाइदिँदै ।
प्रतिक्रिया
Facebook Comment