लिम्बुहरूको धर्म भनेकै युमा साम्यो हो: माबोहाङ

डिसी नेपाल
२१ कार्तिक २०७८ १८:२८

तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको धर्म भनेकै युमा धर्म भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा ‘आसन्न जनगणनामा युमा साम्यो लेखौँ र लेखाऔं’भन्ने मूल नाराका साथ आयोजित युमा साम्यो महासभा सम्बन्धी अन्तरक्रिया तथा छलफलमा सहभागीहरूले यस्तो बताएका हुन् ।

लिम्बुहरूको मुन्धुमहरू युमाद्वारा सञ्चालित भएको र (याक्थुङ) लिम्बुहरूको धर्म भनेकै युमा साम्यो भएको मुन्धुमविद् तथा लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले बताए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका माबोहाङले ब्रामण्डको संरक्षण गर्ने र संसारको सृष्टिकर्ता युमा नै रहेकोले युमाको सह अस्तित्व नै युमा धर्मको दर्शन भएको धारण राखेका थिए । किराँत याक्थुङ चुम्लुङले २०४६ सालदेखि किराँत धर्म लिम्बु समुदायमा लेख्ने अभियान सुरु गर्दै आएको छ ।

किराँत धर्मले लिम्बु समुदायको अस्तित्व नै समाप्त गराई रहेको बेला युमा धर्मले अस्तित्व स्वीकार गर्न लिम्बु समुदायको मौलिकता धरापमा पर्दै जाने किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका उपाध्यक्ष दिल पाक्साँवाले बताए । युमा धर्मको बारे गम्भीर छलफल गरी मौलिक लिम्बुहरूको अस्तित्वलाई समेट्न आवश्यक रहेको उनले धारण राखेका थिए ।

कार्यक्रममा सहभागीहरूले लिम्बुको धर्म बारे अझै अन्योलमा रहेको बताएका थिए । लिम्बु समुदायका धर्मको बारे विवाद हुँदै आएको र किराँत याक्थुङ याक्थुङ चुम्लुङले किराँत भन्दै आएको तथा युमा साम्योले युमा भन्दै आएको अवस्थामा विवादलाई समाधानको निम्ति सबै एक भएर जाँदा लिम्बुहरूको लागी राम्रो चुम्लुङ छथरका अध्यक्ष थानाहाङ तिगेलाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *