दसैँको मुखमा ७३ देश गए करिब ४० हजार नेपाली श्रमिक
काठमाडौं । दसैँको मुखमा करिब ४० हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत असोज(०२१–९–१७ देखि ०२१–१०–१७) महिनाभरि नेपालका ७५ जिल्लाबाट ३९ हजार ६ सय ७१ जना युवाहरु रोजगारीको लागि विभिन्न देश गएका हुन् । जसमा ३७ हजार २ सय ८ जना पुरुष र २४ सय ६३ जना महिला रहेका छन् ।
तथ्यांकका अनुसार गत महिना ७३ वटा देशमध्ये सबैभन्दा बढी श्रमिक साउदी अरेबिया गएका छन् । १५ हजार ४ सय ९६ जना पुरुष र ३० जना महिला गरी १५ हजार ५ सय २६ जना युवाहरु साउदी गएका हुन् ।
दोस्रोमा कतार रहेको छ, जहाँ १३ हजार १ सय २५ जना पुरुष र ४ सय ७७ महिला गरी १३ हजार ६ सय २ जना विदेशिएका हुन् । तेस्रो स्थानमा विदेशिने नेपाली युवाको संख्या यूएई रहेको छ, जहाँ ५ हजार ९ सय ३३ पुरुष र १३ सय ३० महिला गरी ७ हजार २ सय ६३ जना युवाहरु पुगेका छन् ।
त्यसैगरी, क्रमशः बहराइन जाने युवाको संख्या ४ सय ५३ रहेको छ । जसमा ४ सय १७ पुरुष र ३६ महिला रहेका छन् । ओमन जाने पुरुषको संख्या ४ सय ३३ र महिलाको १९ गरी ४ सय ५२ जना युवाहरु रहेका छन् ।
कुवेत जाने युवाहरुमा पुरुष २ सय ८७ र महिला ४७ गरी ३ सय ३४ जना रहेका छन् । साइप्रस जाने युवाहरुमा ३१ जना पुरुष र २ सय ५७ जना महिला गरी २ सय ८८ जना युवाहरु रहेका छन् । साइप्रस जाने युवाहरुमा महिलाको संख्या बढी रहेको छ ।
माल्दिभ्स जाने युवाहरुमा २ सय ६ जना पुरुष र ६८ जना महिला गरी २ सय ७४ जना रहेका छन् । क्रोएसिया २ सय ३४ पुरुष र १० महिला गरी कूल २ सय ४४ युवाहरु गएका छन् ।
टर्की जाने युवाको संख्या १ सय ८४ जना रहेको छ । जसमा १ सय १४ पुरुष र ७० जना महिला रहेका छन् । जापान जानेको संख्या पनि १ सय ३४ रहेको छ । जापान जाने पुरुषमा १ सय २४ पुरुष र १० जना महिला रहेका छन् ।
त्यस्तै, रोजगारीको सिलसिलामा अन्य मुलुक जाने नेपालीको संख्या १ सय जनाभन्दा कम रहेको छ ।
Facebook Comment