एकैपटक ६ जना गर्लफ्रेण्डलाई घुमाइरहेका थिए युवक, केटीहरुले यसरी खोलिदिए पोल
काठमाडौं। तीन जना युवतीहरुलाई त्यतिबेला झट्का लाग्यो जब उनीहरुलाई थाहा भयो कि उनीहरु तीनै जनाको ब्वायफ्रेण्ड एउटै युवक हो । त्यसपछि तीनै जना युवतीहरुले ब्वायफ्रेण्डलाई रंगेहात समात्ने योजना बनाए । एक रोड ट्रिपको क्रममा उनीहरुले युवकको पोल खोलिदिएको घटना सामाजिक संजालमार्फत शेयर गरेका छन् ।
१८ वर्षकी बेकाह किंग, १९ वर्षकी अबी रोबर्टस र २१ वर्षकी मोर्गन टेबोरको ब्वायफ्रेण्ड एउटै युवक थिए । यो कुराको शंका सबैभन्दा पहिले मोर्गनलाई भयो । उनले ब्वायफ्रेण्डको सामाजिक संजालमा निगरानी गर्न सुरु गरिन् । त्यसपछि उनले अबीको बारेमा थाहा पाइन् । अबीसँग कुरा गर्ने क्रममा उनले बेकाहको बारेमा पनि थाहा पाइन् ।
त्यसपछि यी तीन युवतीहरुले एक आपसमा कुरा गर्न थाले । यस क्रममा उनीहरु तीनै जनाको ब्वायफ्रेण्ड एउटै भएको थाहा भयो । उनीहरुले एक आपसमा भेटेर ब्वायफ्रेण्डको पोल खोल्ने सल्लाह गरे । युवक आफ्ना तीनै जना गर्लफ्रेण्डसँग पालै पालो रोड ट्रिपमा जाने कुरा गरिरहेका थिए । उनलाई यो कुरा थाहा थिएन कि यी तीन जना केटीहरु एक आपसमा भेट भइसकेका छन् ।
एक दिन बेकाह, अबी र मोर्गनले उनलाई भेट्न बोलाए । युवक निर्धारित ठाउँमा पुगेपछि एकैचोटी तीनै जना गर्लफ्रेण्डलाई देखेर उनको होस उड्यो । युवतीहरुले उनीहरुसँग कुरा गरेर उनीसँग सबै सम्बन्ध तोडे । बीबीसीका अनुसार ती युवकको कूल ६ जना युवतीसँग सम्बन्ध थियो । यीमध्ये तीन जनाले उनको पोल खोलेका थिए ।
ब्वायफ्रेण्डको पोल खोलेपछि यी तीन जना केटीहरुले पुरानो बस किने र ब्वायफ्रेण्ड बिना नै रोड ट्रिपमा निस्किए । यस क्रममा उनीहरुले पूरै अमेरिकाको यात्रा गरे र आफ्नो कहानी इन्स्टाग्राममा शेयर गरे । उनीहरुको यो बस यात्रा सामाजिक संजालमा भाइरल भइरहेको छ ।
Facebook Comment