प्रसूति गराउँँदा गम्भीर स्वास्थ्य समस्यामा परेकी गर्भवतीको हवाई उद्धार
डोटी । प्रसूति गराउँँदा गम्भीर स्वास्थ्य समस्यामा परेकी अछामको पञ्चदेवल विनायक नगरपालिका–१ की मनसरा देवकोटाको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उनको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तेस्रो पटकको प्रसूतिमा गम्भीर समस्या भएपछि विनायकबाट रेफर गरिएको बताइएको छ । हेलिकोप्टरमार्फत कोहलपुर शिक्षण अस्पतालमा प्रसूति सेवाका लागि लगिएको छ ।
प्रतिक्रिया
Facebook Comment