कोरोनाबाट १६ जना सङ्क्रमित

काठमाडौं ।सुदूरपश्चिम प्रदेशमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८०० जनाको नमूना परीक्षण गरिएको थियो ।
स्वास्थ्य निर्देशनालयका अनुसार १४ जनामा आरटी पीसीआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १४ र एन्टिजेनमार्फत कञ्चनपुरका दुई जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेशभर १३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । उक्त अवधिमा प्रदेशमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७२ वर्षीया महिलाको ज्यान गएको हो । सोमबार प्रदेशमा ३० जनाका कोरोना सङ्क्रमण पुष्टि भएको हुनाका साथै ३० जना सङ्क्रमण मुक्त भएका थिए ।
Facebook Comment