पुस्तक समीक्षा : मालतीको वैज्ञानिक फड्को
मुक्ति उपाध्याय बराल नेपाली साहित्यका बहुविधामा कलम चलाउने एक परिचित साहित्यकारको नाम हो। उनले लेखेको मालती रोबोट उपन्यास सन् २०११ मा नेपाली साहित्य प्रचार समिति, सिलगढीबाट प्रकाशित भएको हो। २०१९ मा यसको दोस्रो संस्करण आएको हो भने यसको तेस्रो संस्करण बजारमा आउनै लागेको छ।
विभिन्न भाषामा अनुवाद गरिएको यो उपन्यासले साहित्य एकादमीद्वारा प्रदान गरिने ‘बालसाहित्य अकादमी पुरस्कार’ २०१५ मा प्राप्त गरेको हो।विशेषगरी विज्ञानमा आधारित उनका कृतिहरू सनसनीपूर्ण खोजले भरिएका रोचक हुन्छन् किनभने विज्ञानमा आधारित विषयवस्तु भएको साहित्य नेपाली भाषामा थोरै मात्र लेखिएका छन्। वास्तवमा रोबोटिक्स भित्र प्रवेश गर्ने मध्ये मुक्ति उपाध्याय बराल नेपाली साहित्यका प्रथम स्रष्टा हुन्।
उनले लेखेको कान्छी रोबोटिक्स उपन्यास मैले पढेर त्यसको समीक्षा लेखेकी थिएँ। त्यो समीक्षा साहित्यपोष्टले तीन महिनाअगाडि छापेको थियो। यो मालती रोबोट उपन्यास साँच्चै भन्नुपर्दा कान्छीको पहिलो भाग पो रहेछ। कान्छी जस्ती इमान्दार रोबोट बनाउने वैज्ञानिक विवेकको पहिलो रोबोट त मालती पो रहिछन्। यो कुरा थाहा पाएपछि मलाई मालतीको कथा र विवेकको सङ्घर्ष हजुरहरुलाई सुनाउन मन लाग्यो ।
विश्वकै चर्चित मानव रोबोट “सोफिया” आउनुभन्दा धेरै वर्षअगाडि लेखक मुक्तिले यो मालती उपन्यास लेखेका थिए। सोफिया यन्त्र मानव २०१६ मा हङकङमा हानसन रोबोटिक्सले निर्माण गरेको थियो। सोफियालाई साउदी अरेबिया सरकारले २०१७ अक्टोबर २५ मा आफ्नो देशको नागरिकता दिएको थियो नागरिकता प्राप्त गर्ने पहिलो यन्त्र मानव सोफिया नै हुन्। सोफियालाई मानवका रुपमा नागरिकता दिएपछि उनको चर्चा चुलिए जसरी नै यो मालती रोबोटले “बाल साहित्य अकादमी पुरस्कार २०१५” प्राप्त गरेपछि विश्वमा नै तहल्का मच्चाएको हो।
हाम्रो नेपाली साहित्यभित्र धेरै विषयवस्तु र विधाहरूमा लेखिएका कृतिहरु त छन् तर विज्ञान प्रायः अछुतो नै रहन्छ। भौतिक विज्ञान जसलाई प्राविधिक विज्ञान पनि भनिन्छ। यी विषयगत वस्तुनिष्ठ विज्ञान नै अहिले मानव जीवनमा नभइ नहुने वस्तुको रूपमा गाँसिन पुगेको छ। न्यूरोन्सले जेलिएका मानव मस्तिष्कले कल्पनाको दुस्साहसिक हठधर्मिता पुर्याएर मानिसलाई एक प्रकारले यस क्षेत्रमा क्रान्तिकारी नै बनाइसकेको छ। आजको रोबोटिक्स समय लेखकले दस वर्षअगाडि नै जानेर यो चमत्कारिक उपन्यास लेख्नु साँच्चै नै एउटा पत्याउनै नसकिने संयोग जस्तै लाग्छ।
लेखक बरालको यो मालती उपन्यासमा शुरुदेखि अन्त्यसम्म नै मालती र विवेकको वरिपरि कथा घुमेको छ। मुख्य पात्र यिनै दुई रहेको यो पुस्तक विज्ञानमा आधारित किशोर साहित्यभित्र पर्छ। प्रकृतिप्रेममा मख्ख पर्ने सानी, चञ्चले मालती पढ्न-लेख्न स्कुल जान पटक्कै मन पराउँदिन ।
कुनै कल्पना नभइ, सपना नदेखी विज्ञानका आविष्कार पक्कै भएका छैनन्। वास्तवमा वैज्ञानिकहरुको जुनसुकै सोचाई र अनुसन्धान सामान्य मानिसका निम्ति सुरुमा हेर्दा बौलट्टिपन जस्तै लाग्छ।
लेखक बरालको यो मालती उपन्यासमा शुरुदेखि अन्त्यसम्म नै मालती र विवेकको वरिपरि कथा घुमेको छ। मुख्य पात्र यिनै दुई रहेको यो पुस्तक विज्ञानमा आधारित किशोर साहित्यभित्र पर्छ। प्रकृतिप्रेममा मख्ख पर्ने सानी, चञ्चले मालती पढ्न-लेख्न स्कुल जान पटक्कै मन पराउँदिन । उसलाई चराचुरुङ्गी, पशुपंक्षीसँग खेल्न, जङ्गलमा घुम्न, रमाईलो गर्न असाध्यै मनपर्छ । उसका मिल्ने साथीहरु तिनै चरा, खरायो, हात्ती घोडाहरुसँगै ऊ गफ गर्छे। मालती धनी बाबुकी एक मात्र सन्तान हो। कसैसँग नडराउने स्वभावकी आँटिली मालती सबैकी प्यारी छे।
यो उपन्यासको अर्को मुख्य पात्र विवेक हो। शिक्षक मातापिताको ऊ पनि एक्लो छोरो हो। विवेकका आमाबाबु उसलाई डाक्टर बनाउन चाहन्छन्। धेरै मेहनती विवेक स्कुलको जेहेन्दार विद्यार्थी हो।१२ कक्षाको जाँच दिने बेलामा उसले आफ्नी प्यारी आमा गुमाउन पुग्यो। आमाको मृत्यु पश्चात् बुवा पनि धेरै बिरामी भए तर पनि विवेकले आफ्नो मन दरो पारेर पढाईलाई अगाडि बढाइ नै रह्यो।
आफ्ना आमाबाबुको सपना उसले एम.बि.बि.एस गरेर पूरा गरिछाड्यो। उसले विभिन्न किताबहरू पढ्दा पढ्दै वैज्ञानिक आविष्कारका सिद्धान्त र सूत्रहरु प्रयोग गरेर साथीहरूसँगको सहयोगमा विभिन्न रोबोट मोडल बनायो। गर्दा गर्दै उसले मानवीय रोबोट निर्माणको तालिममा जापान जाने मौका पायाे । उसलाई जापानको टोकियो साइन्स युनिभर्सिटीका प्रोफेसर ‘हिरोसी कोवायासीले’ यन्त्र मानवको सम्पूर्ण ज्ञान दिएका थिए।
त्यहाँ बनाएको ‘साया’ नामक रोबोट पनि बोल्ने थियो । यो बनाएपछि नै उसलाई मानिसले जस्तै सोच्न सक्ने मानव यन्त्र रोबोट बनाउने साहस आयो र धेरै अध्ययन पश्चात उसले मानव मस्तिष्कयुक्त रोबोट बनाउने सूत्र आविष्कार गर्याे। यो कुरा थाहा पाएर जापान र अमेरिकाका वैज्ञानिकले विवेकलाई उनीहरूको देशमा बोलाए। त्यहाँ गएर रोबोट बनाएमा सम्पूर्ण खर्च उनीहरुले नै ब्यहोर्ने सर्त राखे तर विवेक जान मानेन । उसलाई आफ्नै देशमा विश्वको पहिलो मस्तिष्कयुक्त रोबोट बनाएर नाम राख्ने इच्छा थियो।
आफ्नो बुवाको मृत्युपश्चात्उसलाई घरमा एक्लै बस्न मन लागेन, उसलाई गाउँलेहरूले पागल वैज्ञानिक भन्थे। आफ्नो मन शान्तिका लागि ऊ विभिन्न ठाउँमा गयो। मन्दिर, मस्जिद, चर्च तर कतै मन शान्त भएन। आफ्नो पैतृक सम्पत्ति सबै बेचेर ऊ एउटा जङ्गलको भित्र ओडारमा गएर बस्यो र त्यहीं आफूलाई मन लागेका बेटरीबाट चल्ने रोबोटहरु बनाइरह्यो । पैसाको अभावमा उसका धेरै सपनाहरु अधुरै थिए।
एकदिन साथीसँग खेल्दाखेल्दै मालती त्यो जङ्गलको ओडारमा पुग्छे। भित्र के छ भन्ने उत्सुकता जागेर ओडारमा पस्दा उसले त्यहाँ एउटा जोगी देख्छे। त्यो जोगी नै वैज्ञानिक विवेक हो भन्ने कुरा उसलाई बिस्तारै बिस्तारै सबै थाहा हुन्छ। मालतीले सम्पूर्ण कुराहरु विवेकको मुखबाट सुनेपछि आफ्ना धनाढ्य बुवाआमालाई वैज्ञानिक विवेकसँग भेट गराउँछे। कथा क्रमशः अगाडि बढ्दै जान्छ, त्यसपछि आफ्नी छोरीको आग्रहमा धनाढ्य बाबुले एउटा रोबोट फ्याक्ट्री खोल्छन्।
आफ्नो बुवाको मृत्युपश्चात्उसलाई घरमा एक्लै बस्न मन लागेन, उसलाई गाउँलेहरूले पागल वैज्ञानिक भन्थे। आफ्नो मन शान्तिका लागि ऊ विभिन्न ठाउँमा गयो। मन्दिर, मस्जिद, चर्च तर कतै मन शान्त भएन।
प्रकृतिलाई कसरी बँचाएर राख्न सकिन्छ त्यसबारे पनि विवेक सचेत छ। त्यति मात्र कहाँ हो र ? आफ्नो देशप्रतिको उसको माया पनि स्पष्ट देख्न सकिन्छ जस्तै विवेकले आविष्कार गरेको मानव मस्तिष्क भएको रोबोट बनाउने सूत्र विदेशी कम्पनीलाई बेचेन, ऊ पैसाको लोभमा परेन। यसरी आफ्नो देशमा उसले सय बिघा बाँझो, खेती गर्न नमिल्ने जग्गा किनेर वर्ष दिनमा सबैको सहयोग, मेहनत र परिश्रमले एउटा रोबोट फ्याक्ट्री तयार पार्याे।
यही फ्याक्ट्रीमा एउटा मानव मस्तिष्कयुक्त रोबोट मालतीको निर्माण भयो। कार्यक्रम सञ्चालिकाको रुपमा विवेकले आफ्नो आविष्कार देखाउँदा त्यहाँ उपस्थित कसैले पनि रोबोट हो भनेर छुट्याउन सकेनन्। एउटै रुप, पहिरन र बोली भएका मालती र मालती रोबोटले एकआपसमा अँगालो हालेर सबैलाई आश्चर्यमा पारेका थिए। त्यतिबेलै, मञ्चमा उभिएर विवेकले भन्यो, “कुनै जिवित मानिसको रोबोट बनाउनु पनि कानूनी अपराध हो त्यसैले म आज यो एउटा कठोर निर्णय लिंदैछु …”
मानिस अनेक लोभ र स्वार्थमा पर्न सक्छ तर रोबोट पर्दैन। मानिसमा भएको भौतिक तृष्णाले गर्दा आज सम्पूर्ण पृथ्वी असुरक्षित भइरहेको छ। प्रकृति, पर्यावरण, वनस्पति, प्राणी आदिको सुरक्षा र विकासमा रोबोटले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। साथै यो पुस्तक बालबालिकाको मनोभाव राम्रोसँग बुझेर लेखिएको छ। विशेषगरी साना नानी बाबुलाई पढाइमा कसरी रूचि जगाउन सकिन्छ भनेर सिकाउने यो पुस्तक कलेजको पाठ्यक्रममा पनि लागू गरिएको छ।
विवेकले मालतीलाई पढाइतिर मन लगाउन पुस्तकीय ज्ञानका साथै यो विश्व जगत् सम्बन्धी रोबोटका माध्यमले सम्पूर्ण जानकारी दिएको छ। साँच्चै भन्नुपर्दा अहिलेका नानीहरू धेरै एडभान्स भइसकेका छन्, उनीहरु आजको बैज्ञानिक, यान्त्रिक युगमा उनै पुराना ‘बसाईं’, ‘रुपमति’, ‘छिमेकी’ जस्ता कथाहरूमा अल्झिएर बस्न मन पराउँदैनन्।
स्रस्टाहरु अनादि कालदेखि सृजना गरिरहेकै छन्। पाठकहरु मुल्यांकन गरिरहेका छन्। लेखकका धेरै लेखन स्वान्तसुखाय उपयोगी भयो होला तर दुःखकष्टमा रहेको मानवको त्यसले कल्याण गर्न सकेन। सिर्जनाको अन्तिम उद्देश्य कल्याण हो। त्यसको निमित्त मानिसलाई स्वतन्त्र र मुक्त भएर उभिन सक्ने बनाउनुपर्छ।
निरंकुशता फुकाल्नु पर्ने हुन्छ, दासता आफैंबाट टक्टक्याउनु पर्ने हुन्छ। किनकी अबका सर्जक र पाठक दुबैको कल्याण नवीनतामा छ । खोजिमा, परम्पराबाट बिमुक्तिमा, प्रयोगमा र विनिर्माणमा छ । यी कुरा सिर्जनाले ल्याउनुपर्छ। यस्ता सिर्जनामा विज्ञान विषय जोडिएर आउनुपर्छ।
अन्त्यमा, विज्ञान विषयका ज्ञाता लेखक बराललाई एउटै प्रश्नः के रोबोटहरुलाई मानव सरह बाँच्ने अधिकार छैन ??
Facebook Comment